८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

रुपन्देहीमा सर्पले टोकेर ५ वर्षीया बालिकाको मृत्यु



बुटवल ।
गएराति रुपन्देहीमा सर्पले टोकेर एक बालिकाको मृत्यु भएको छ । रुपन्देहीको मर्चवारी–५ वडबलीयाकी ५ वर्षीया तवरेज मुसलमानलाई सर्पले डस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

घरमा खेलिरहेको बेलामा दाहिने हातमा सर्पले डसेपछि उपचारको लागि भैरहवास्थित भीम अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति : १० श्रावण २०७७ शनिबार ००:००  १ : ५३ बजे