मायादेवी अनलाइन, तौलिहवा ।
उच्च अदालत तुलसीपुर बुटवल ईजलासले रिट निवेदकको घर लगायतका संरचना भत्काउने कार्य नगर्न/नगराउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । हुलाकी राजमार्ग अन्तर्गत साउन २ गतेबाट निर्माण सुरु हुने भन्दै सो दिन भित्र अतिक्रमण हटाउन सयमसिमा दिइएको थियो । यस बिषयमा गत असार २५ गते प्रशासन कार्यालयमा सर्वपक्षीय सहमति समेत बनिसकेको थियो ।
तर, उच्च अदालत बुटवल ईजलासका न्यायाधीश बाबुराम रेग्मीको एकल ईजलासले निषेधाज्ञा उत्प्रेषण परमादेशसमेतको मुद्दा उपर सुनुवाई गर्दै रिट निवेदक र बिपक्षी गरी दुई पक्ष बीच साउन १२ गते छलफल नभएसम्मका लागि उक्त अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
रोहित प्रसाद उपाध्याय र कालीपद शर्मा (जानशन) ले जिल्ला प्रशासन कार्यालय कपिलवस्तु, कपिलवस्तु नगरपालिका कार्यालय, पश्चिमाञ्जल सडक डिभिजन कार्यालय र हुलाकी सडक परियोजनालाई बिपक्षी बनाई हालेको मुद्दामा रिट निवेदकका तर्फबाट अधिवक्तात्रय सूर्य प्रसाद श्रेष्ठ (आजाद), ओमप्रकाश पंगेनी र श्रवण कुमार उपाध्याय (राजन) ले बहस गरेका थिए ।
आदेशमा भनिएको छ, ‘निवेदकले अन्तरिम आदेशको समेत माग गरेको सम्बन्धमा बिचार गर्दा, कपिलवस्तु नगरपालिका कार्यालय कपिलवस्तु तौलिहवाबाट टोलबासी समेतको उपस्थितिमा २०५९/१२/१४ को निर्णय अनुसार मुल सडक केन्द्रबाट ८ मिटरभित्र पर्ने संरचना हटाउने सूचना प्रकाशन भएको देखिन्छ ।
सडक बिस्तारका लागि निवेदकहरुको सहमति लिइएको छ वा छैन भन्ने समेतका बिषयमा दुवै पक्ष राखी छलफल गराएर मात्र अन्तरिम आदेश जारी गर्नु पर्ने हो होईन भन्ने बिषयको निष्कर्षमा पुग्न उपयुक्त देखिएकाले दुई पक्षबीच २०७७ साउन १२ गते छलफलको मिति तय गरिएको छ ।’
यता कपिलवस्तु नगरपालिकाका नगर प्रमुख किरण सिंहले सदरमुकाम तौलिहवालाई जीवन्त राख्न यो सडकको स्तरउन्नती जति सक्दो चाडो सम्पन्न हुनुपर्ने जोड दिदै एक धुर जग्गा पनि नबच्नेले यही साउन १५ गते भित्र नगरपालिकामा निबेदन दिन आग्रह गरेका छन् ।
यो पनि पढ्नुहोस अतिक्रमण हटाउने अभियानमा रहेका मेयर भन्छनः नगरपालिकाले कसैलाई घरबारबिहीन बनाउँदैन्
सिंहले अतिक्रण हटाउने क्रममा सबै जग्गा गुमाउने परिवारलाई नगरपालिकाले ५ धुर जग्गा उपलब्ध गराउने घोषणा गरेका हुन् ।
उनले सडक ऐन २०३१ अनुसार सडकको दायाँबायाँ पन्ध्र मिटर सडक क्षेत्र पर्ने भएकाले जति सक्दो चाडो खाली गर्न अपील गरेका छन् । लकडाउन, बर्खाको बेला भनिए पनि गत कार्तिकमा सडक निर्माणको सम्झौता भई सकेको र सयय मै सडक निर्माण गर्नु पनै भएकोले सबैको सहमतिमा सडक अतिक्रमण हटाउने निर्णय भएको उनले बताए ।
तौलिहवाको मुहरा फेर्न र विकासको गतिलाई अघि बढाउन यो सडक तौलिहवाका लागि लाईफ(लाईन भएको उनले बताए । २०७२ सालमा प्रशासन कार्यालयको अगुवाईमा समेत सडक अतिक्रमण हटाउने कार्य अघि बढाईएको थियो ।
तत्कालीन प्रजिअ बिनोद प्रकाश सिंहले सडक अतिक्रमण हटाउनका लागि नापजाँच गरी प्रतिबेदन समेत बनाएका थिए । ५ सय ८२ जनाको घर सडकमा पर्ने प्रतिबेदन बनाएर कार्य अघि बढाईउको थियो ।
सिंहको सरुवा भएसंगै सो फाईल दराजमा थन्किएको छ । तर अहिले हुलाकी सडक आयोजना अन्तर्गत काम सुरु हुन खुशीको कुरा रहेको स्थानीय बलराम तिवारीले बताए । उनले यो अवसरलाई गुम्न नदिनु हुने र सयममै बाटो निर्माण हुनु पर्ने माग गरे । उता सडक अतिक्रमण हटाउने सु्चना जारी गरे पछि संघर्ष समिति समेत निर्माण गरिएको छ ।
प्रतिक्रिया