८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

अतिक्रमण हटाउने अभियानमा रहेका मेयर भन्छनः नगरपालिकाले कसैलाई घरबारबिहीन बनाउँदैन्



मायादेवी अनलाइन, चार नम्बर ।
हुलाकी राजमार्ग अन्तर्गत सदरमुकाम तौलिहवामा निर्माण हुने सडक स्तरउन्नतीका लागि सडक अतिक्रमण हटाउने बिषयमा बहस चलिरहेका बेला कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहहले अतिक्रण हटाउने क्रममा सबै जग्गा गुमाउने परिवारलाई नगरपालिकाले ५ धुर जग्गा उपलब्ध गराउने घोषणा गरेका छन् ।

हुलाकी राजमार्ग अन्तर्गत साउन २ गतेबाट निर्माण सुरु हुने भन्दै सो दिन भित्र अतिक्रमण हटाउन सयमसिमा दिइएको छ । यस बिषयमा गत असार २५ गते प्रशासन कार्यालयमा सर्वपक्षीय सहमति समेत बनेको छ ।

मेयर सिंहले सदरमुकाम तौलिहवालाई जीवन्त राख्न यो सडकको स्तरउन्नती जति सक्दो चाडो सम्पन्न हुनुपर्ने जोड दिदै एक धुर जग्गा पनि नबच्नेले यही साउन १५ गते भित्र नगरपालिकामा निबेदन दिन आग्रह गरेका छन् ।

उनले सडक ऐन २०३१ अनुसार सडकको दायाँबायाँ पन्ध्र मिटर सडक क्षेत्र पर्ने भएकाले जति सक्दो चाडो खाली गर्न अपील गरेका छन् । लकडाउन, बर्खाको बेला भनिए पनि गत कार्तिकमा सडक निर्माणको सम्झौता भई सकेको र सयय मै सडक निर्माण गर्नु पनै भएकोले सबैको सहमतिमा सडक अतिक्रमण हटाउने निर्णय भएको उनले बताए ।

तौलिहवाको मुहरा फेर्न र विकासको गतिलाई अघि बढाउन यो सडक तौलिहवाका लागि लाईफ-लाईन भएको उनले बताए । २०७२ सालमा प्रशासन कार्यालयको अगुवाईमा समेत सडक अतिक्रमण हटाउने कार्य अघि बढाईएको थियो ।

तत्कालीन प्रजिअ बिनोद प्रकाश सिंहले सडक अतिक्रमण हटाउनका लागि नापजाँच गरी प्रतिबेदन समेत बनाएका थिए । ५ सय ८२ जनाको घर सडकमा पर्ने प्रतिबेदन बनाएर कार्य अघि बढाईउको थियो ।

सिंहको सरुवा भएसंगै सो फाईल दराजमा थन्किएको छ । तर अहिले हुलाकी सडक आयोजना अन्तर्गत काम सुरु हुन खुशीको कुरा रहेको स्थानीय बलराम तिवारीले बताए । उनले यो अवसरलाई गुम्न नदिनु हुने र सयममै बाटो निर्माण हुनु पर्ने माग गरे ।

उता सडक अतिक्रमण हटाउने सु्चना जारी गरे पछि संघर्ष समिति समेत निर्माण गरिएको छ । सो समितिले लकडाउन र बर्खाको बेला बाटा बिस्तारको काम अघि बढाउन नहुने बताएका छन् । उनीहरुले नगरपालिकाले पहिले नै गरेको निर्णय अनुसार आठ आठ मिटरलाई सडक क्षेत्र कायम गर्नुपर्ने माग गरे ।

प्रकाशित मिति : २ श्रावण २०७७ शुक्रबार ००:००  ७ : १९ बजे