काठमाडौं ।
झन्डै एक हप्तादेखि देशभर जारी वर्षा आज पनि रोकिएको छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले पनि देशभरका केही स्थानमा पानी परिरहेकै छ ।
आज दिउँसो पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै प्रदेश १, २, ५ र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।
यसैगरी आज राति पनि सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा जारी रहनेछ भने प्रदेश १, २, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले सोमबार बिहान जारी गरेको मौसमी बुलेटिनमा उल्लेख छ ।
२४ घण्टे चेतावनी जारी गर्दै महाशाखाले वर्षा हुने क्षेत्रमा बाढीपहिरो तथा डुबानको समेत खतरा रहेकाले होसियारी अपनाउन आग्रह गरेको छ ।
वर्षा आगामी तीन दिन अर्थात् बुधबारसम्म नरोकिने मौसमविद्ले बताएका छन् । सामान्यतया मौसमविद्ले तीन दिनसम्मको मौसमी अनुमान गर्ने गर्छन् ।
प्रतिक्रिया