मायादेवी अनलाइन, तौलिहवा ।
कोरोना भाइरसका कारण रोजगारी गुमाएकाहरुलाई प्राथमिकतमा राखेर कपिलवस्तु नगरपालिकाको अभियान श्रमको सम्मान कार्यक्रम संचालन गरिने भएको छ । बुधवार सातौं नगर सभामा आर्थिक बर्ष २०७७/०७८ को बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद ज्ञवालीले सो जानकारी गराएका हुन् ।
नगरपालिकाले कोरोना भाइरसका कारण स्वदेश र बिदेशमा रोजगारी गुमाएकालाई प्राथमिकतामा राखिने बताए । श्रम तथा रोजगारको नीति अन्र्तगत बिदेशबाट फर्किएका र स्वदेशमा समेत कामको खोजीमा रहेको नगरपालिका अन्र्तगत ब्यक्तिहरुलाई रोजगारी दिने गरी कार्य अघि बढाइने ज्ञवालीले बताए ।
त्यस्ता ब्यक्तिहरुको सिपको बिवरण संकलन गरी रोजगार सूचना केन्द्रमा अद्यावधिक गरी राख्ने बताईएको छ । त्यस्ता ब्यक्तिहरुलाई नगर भित्र हुने निर्माण, सेवा ब्यवसाय, उद्योग कृषि लगायतका क्षेत्रमा रोजगारी दिइने छ । श्रम सम्मान कार्यक्रम जिल्लाका १२ वटै वडामा संचालन गरने छ ।
मेयर किरण सिंहले अहिलको बिषम परिस्थितिमा नगरपालिकाले रोजगारीलाई केन्द्रमा राखेर काम अघि बढाउने बताए । स्वास्थ्य शिक्षा बिकास निर्माण, कृषि, पशु क्षेत्रलाई पनि अघि बढाइने उनले बताए ।
पर्यटन, अन्तर्राष्ट्रिय सहयोग र समन्वय, युवालाई विकास निर्माणमा सहभागीता दिईने मेयर सिंहले बताए । फोहरमैला ब्यवस्थापन, बिपद ब्यवस्थापन लगायतका क्षेत्रलाई समेत बिशेष प्राथमिकतामा राखिएको उनले बताए ।
मेयर सिंहको अध्यक्षतामा भएको कार्यक्रममा उप मेयर लक्ष्मी कसौधन लगायतका वडा अध्यक्ष र सदस्यहरुको सहभागीता थियो ।
प्रतिक्रिया