८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

बन्दाबन्दीको कहर र जनजीवनमा परेको असर



महेन्द्र प्रसाद लामिछाने ।
हाल बिश्वभरी डढेलो सरी फैलिएको कोरोना भाइरस संक्रमणबाट लागेको रोगलाइ बिश्व स्वास्थ संगठनले कोभिड–१९ को नाम दिएको छ र यसलाई बिश्वब्यापी माहामारीको रुपमा घोषणा गरिएको छ ।

चीनको युहान प्रान्तमा पहिलो पटक देखिएको कोरोना भाइरस युरोप अमेरिका हुदै नेपाल पनि अछुतो रहन सकेन ।

अहिले बिश्व मानव समुदाय कोरोना विरुद्ध संघर्षरत छन् । तर कोरोना संक्रमितको संख्या भने दिनानु दिन बढिरहेको छ । संक्रमणको जोखिमबाट बच्न र संक्रमण फैलिन नदिन बिश्वका अधिकांश मुलुकले लकडाउन गरेका छन् । यतिबेला लकडाउनले मानिसहरु घरभित्र बन्दीसरि बस्नुपरेको अबस्था छ । अर्थात संक्रमण नफैलियोस भनेर राज्यको निर्देशन अनुसार मानिसहरु घरभित्र ‘सेल्फ क्वारेन्टाइन’ मा बसिरहेका छन् ।

र, हामीले कहिल्यै नभोगेको जीवनयापन गर्न विवश छौ । हाम्रो लागि लकडाउन, क्वारेन्टाइन र होम आइसोलेसन जस्ता कुरा नौला हुन् । शुरुमा त लकडाउन के हो ? क्वारेन्टाइन कस्तो हो ? भन्ने कौतुहलता र कामबाट केहि विश्राम पाइने भो भनी सुरुका दिन त मानिसहरु रमाए अनि परिवारसंग बस्न पाएकोमा खुशी पनि भए । तर, बन्दाबन्दीको समय अबधि लम्बिदै गए पश्चात आजभोलि मानिसहरु निराश हुन थालेका छन् । कहिलेसम्म यो सास्ती भोग्नु पर्ने हो सबैको चासो बनेको छ ।

बिश्व स्वस्थ्य संगठनले माहामारी घोषणा गरेको कोरोना ले अहिले बिश्वभरको स्वस्थ्य अबस्था गम्भिर संकटमा परेको छ । आर्थिक अबस्था कम्जोर भएका मुलुक र मानिस यसको चपेटामा नराम्ररी परेका छन् ।

नेपालको कुरा गर्दा केहि दिन यता कोरोना संकमितको संख्या हवात्तै बढेको छ । छिमेकी राष्ट्रमा कोरोना संक्रमितको संख्या बढेजस्तै नेपाल पनि बिटुलो भएको छ । सिमाना खुल्ला छ । भारतमा बिभिन्न कारण रहेका नेपालीहरु सरकारले स्वदेश फिर्ता ल्याउने कुनै चासो नदेखाउँदा लुकिछिपी चोरबाटो पनि नेपाल पसिरहेको अवस्था छ । भारतमा रेल सेवा सुचारु भए लगत्तै नेपाल फर्कनेको संख्या दिनहुँ बढेको छ तर उनीहरु सबैको कोरोना परिक्षण भने भएको छैन । त्यसैले पनि नेपालमा कोरोनाको जोखिम झन् बढ्दो छ ।

नेपालमा लकडाउन शुरु भएयता (अहिले लेख सम्प्रेषण गर्दासम्म)
आत्महत्या गर्नेहरु– ९५८
बालयौन दुराचारका घटना– ४८
मातृ मृत्यु दरमा वृद्धि– २००५
रोगका बिरामीले उपचार नपाएर मृत्यु संख्या– १५
र भोकभोकै मर्नेहरुको संख्या– ३
लकडाउनले गर्दा मानिसको कार्यगति रोकिएको छ । गति रोकिएपछि अर्थतन्त्रको इन्धन रोकिएको छ । लकडाउनले माग र आपूर्ति घटेको छ । उत्पादन कम भएको छ ।

माहामारीले गर्दा नेपाल ७० दिन देखि लकडाउनमा छ । दैनिक कमाएर गुजारा गर्नु पर्ने मानिसको जीवन कष्टकर बन्दै गएको छ ।

बन्दाबन्दीले गर्दा सबै जना घरमै बस्नु पर्ने अबस्था छ । श्रीमान श्रीमती २४ सै घण्टा घरमै बसिरहनु पर्दा महिला माथि यौनिक हिंसा बढिरहेको छ । महिलाहरु लकडाउनको समयमा परिवार नियोजनबाट बन्चित भै थप सन्तान झेल्नुपर्ने अवस्था हुनेछ । एकातिर मानिसहरुमा भाइरसको संक्रमणबाट कसरी सुरक्षित रहने भन्ने त छदैछ भने, अर्कोतिर भबिस्यमा आइपर्ने आर्थिक संकट तथा आफ्नो रोजगारी या व्यवसायको पनि चिन्ता बढेको देखिन्छ । बिदेशमा रहेका नेपाली समुदायहरुमा एकातिर माहामारीको त्रास अर्कोतिर घरपरिवार को चिन्ताले गर्दा मनोबैज्ञानिक असर पर्न थालेको बताउँछन ।

महासंकटको बेलामा मानिसहरु मानसिक रुपमा बिक्षिप्त हुनु स्वभाबिकै हो तर त्यसलाई सहजीकरण गर्ने माध्यमको खोजी गर्नु अहिलेको प्रमुख आवश्यकता हो । यो बिषम परिस्थितिमा मानिसहरुलाई जो जहाँ छ त्यही रहनु भनिएको छ । नियमित रुपमा काम नहुँदा मानिसहरुको मस्तिष्कमा अनेक प्रकारका सोच प्रकट हुन्छन । भनिन्छ, ‘खाली दिमाख सैतान को घर हो’ मानिसले आफुलाई कसरी हुन्छ ब्यस्त बनाउनु पर्छ ।

हाल कोरोना भाइरस पश्चात जारी बन्दाबन्दीले बालबालिका तथा किशोर किशोरीहरुलाई पनि लामो समयसम्म मानसिक असर पर्ने देखिन्छ । यसले बालमनोबिज्ञानमा भयंकर प्रभाब पार्न सक्छ । अहिले या पछि गएर पनि उनीहरुमा एक्लोपना रुचाउने र डिप्रेसनमा पनि जान सक्ने अमेरिकामा हालै गरिएको अनुसन्धानबाट पत्ता लागेको समाचारमा जनाइएको छ । डिप्रेसन एक प्रकारको कडा रोग हो । कुल जनसंख्याको करिब १५ प्रतिशत मानिसहरु जीवनमा कमसे कम एकपटक डिप्रेसनको शिकार भएको पाइन्छ ।

कोरोना संक्रमित भै क्वारेन्टाइनमा रहेकाले निम्न कुरा मा ध्यान दिनु पर्छ ।
कोरोना संक्रमितहरु अब म मर्ने भए भनेर हरेस नखाने,
यो संक्रमण पश्चात् जीवन गुमाउने भन्दा कैयौ गुणा बढी निको भएर घर फर्केका छन् । यो कुरा महसुस गर्ने ।
आफुलाई कमजोर नबनाउने र आत्मबल बढाउने उपाय खोज्ने ।

होम (सेल्फ) क्वारेन्टाइनमा रहेकाहरुले पनि निम्न कुरामा ध्यान दिन सके मानसिक तनावबाट राहत पाउन सकिन्छ । बिहान सबेरै उठी दैनिक कार्य गर्ने, कोठा या छत मा गै ब्यायाम गर्ने, योगा, ध्यान गर्ने, पुस्तक पढ्ने, लेख्ने र रचनात्मक कार्य गर्ने, जांड रक्सी तथा लागु पदार्थ सेवन नगर्ने, भजन किर्तन गाउने र सुन्ने, करेसा बारी भए मौसमी फुलहरु र तरकारी लगाउने, मनमा धेरै कुरा नखेलाउने, सकारात्मक सोच बनाउने, मस्तिष्कलाई भार पर्ने कार्य नगर्ने, परिवारसँग हाँसीखुसी रहने, सकेसम्म गुणस्तरीय जीवन बिताउने, क्वारेन्टाइन या लकडाउनको अबधि अस्थायी हो भन्ने सकारात्मक सोच राख्ने ।

बिश्व स्वास्थ्य संगठनले पनि तत्कालिन रुपमा मानसिक तनाव कम गर्न पूर्व योजना बनाउने कुरामा समेत ध्यान पुर्याउन भनेको छ । सकारात्मक सोचको बिकास गर्न सके मानसिक तनाव कम गर्न सहयोग पुग्नेछ ।

लकडाउनले बिक्षिप्त भएका मानिसहरुले बेला–बेलामा चिकित्सकको सल्लाह लिनु पर्दछ । क्वारेन्टाइनमा रहेकाहरुलाई पनि उनीहरुको स्वस्थ्यको ख्याल गरी समय समयमा स्वस्थ्यकर्मीहरुद्वारा अनुगमन गरिनु पर्छ । महामारीबाट हुने सम्भाबित मानसिक असर रोक्नको लागि सहि सुचना सम्प्रेषण गर्नु पर्दछ । क्वारेन्टाइनमा बस्ने बाताबरण ब्यवस्थित र सफा सुग्घर हुनु पर्छ । कोरेन्टाइनमा बस्नेहरुलाई भरसक दिनमा नसुत्ने बाताबरण बनाउनु पर्दछ । दिउँसो सुत्ने बानी भएपछि रातभरी जागिन्छ । यसले निन्द्रामा गड्बढ हुने समस्या निम्त्याउँछ । जब रातमा निन्द्रा लाग्दैन दीर्घकालीन रुपमा मानसिक रोगको शिकार बन्न सकिन्छ । सरकारले नेपाललाइ कोभिड–१९ मुक्त देश बनाउने पहिलो प्राथमिकता राखे पनि बेलैमा आवश्यक होमवर्क गर्न नजान्दा केहि फितलो भएको छ ।

अन्तमा अहिले कोभिड–१९ को कारण बन्दाबन्दिको कहर खेप्नुपर्दा मानब जाती नै संकटमा छ भने अर्कोतर्फ देशको समग्र अर्थतन्त्र पनि धरासायी भएको छ । त्यसैले सरकार ले अब बिलम्ब नगरी बिशष ब्यवस्थापन गरेर लकडाउनको अबधी छोट्याएर सर्बसाधारणलाई सम्भावित मानसिक तनाब हुनबाट मुक्त गर्नु पर्दछ ।

प्रकाशित मिति : २४ जेष्ठ २०७७ शनिबार ००:००  ८ : २९ बजे