काठमाडौं ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गरेका छन् ।
नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले पछिल्लोपल्ट सरकारले लिएका निर्णयका बारेमा आत्मालोचना गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी गराए ।
उनका अनुसार बैठकमा अन्य शीर्ष नेताहरूले पनि पछिल्लो समय पार्टीभित्र देखिएको विवादबारे आत्मआलोचना गरेका थिए ।
साथै उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने निर्णय भएको छ ।
प्रतिक्रिया