काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकको मिति तय भएको छ । शनिबार साँझ सकिएको बैठकले आगामी बैशाख २५ गते बिहान ११ बजे बैठक बस्ने निर्णय गरेको छ ।
बैठकको एजेण्डा तय गर्न अघिल्लो दिन २४ गते दिउँसो ३ बजे सचिवालयको बैठक बस्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिएका छन् ।
नेकपाका २० जना स्थायी कमिटी सदस्यले तत्काल स्थायी समितिको बैठक बस्नुपर्ने लिखित माग गरेका थिए । तर, प्रधानमन्त्री ओलीले स्थायी समितिको बैठक आवश्यक नरहेको र बैठक गरिए आफू उपस्थित नहुने अडान राख्दै आएका थिए ।
प्रतिक्रिया