दिपक खड्का, चन्द्रौटा ।
कोरोना भाइरस (कभिड-१९) को संक्रमण रोकथाम तथा तयारीका लागि कपिलवस्तुको रोटरी क्लब अफ कपिलवस्तुले स्वास्थ्य सामग्री तथा खाद्यान्न सहयोग गरेको छ । रोटरी कपिलवस्तुले शिवराज नगरपालिकालाई उक्त सामग्री प्रदान गरेको हो ।
विभिन्न समाजिक क्षेत्रमा काम गर्दै आएको रोटरीले शनिबार एक कार्यक्रम आयोजना गरी शिवराज नगरपालिकाको स्वास्थ्य शाखालाई ४ थान र १ थान बुद्धभूमिलाई पिपिई हस्तान्तरण गरिएको ज्ञान पोखरेलले बताए ।
शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले अप्ठ्यारो समयमा पटक पटक रोटरी क्लब अफ कपिलवस्तुले सहयोग गरेकोमा संस्थालाई धन्यवाद दिएका थिए ।
यसभन्दा अगाडि पनि रोटरीले शिवराज नगरपालिकालाई ५ सय के.जी चामल उपलब्ध गराएको थियो ।
विश्व अहिले कोरोना भाइरसको संक्रमण रोकथाममा जुटेको छ । शिवराज नगरपालिकामा क्वारेन्टाइनमा रहेका २६ जनाको पि.सि.आर परिक्षण गरिएको छ भने जसको रिर्पोट नेगिटिभ आएको स्वास्थ्य शाखा प्रमुख चुरामणी भट्टराईले बताए ।
प्रतिक्रिया