८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

कोरोना भाइरस संक्रमितको स्वास्थ्य अवस्था सामान्य



बुटवल ।
बुटवलको कोरोना विशेष अस्पतालमा उपचारर्थ रुपन्देहीको कोटहिमाई गाउँपालिका १ सिपुवाका युवाको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकले बताएका छन् ।

हिजो मात्र ती युवाको केन्द्रीय प्रयोगशालामा भएको पिसिआर परिक्षणमा कोरोना पोजेटिभ देखिएको थियो ।

त्यसपछि उपचारका लागि कोरोना विशेष अस्पतालमा ल्याए पनि उनको स्वास्थ्यमा कुनै पनि समस्या नदेखिएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले बताए ।

२५ बर्षिय त्यी युवामा ज्वरो, रुघाखोकीका साथै कोरोनासम्बन्धी कुनै पनि लक्षण अहिलेसम्म नदेखिएको उनले बताए ।

लकडाउनको समयमा खेतखेतै वैशाख ५ गते भारतबाट नेपाल आएका ती युवा कोटईमाई गाउँपालिकाले तयार गरेको क्वारेन्टाईनमा बसेका थिए । बुटवलको कोरोना विशेष अस्पतालमा उनी मात्र रहेका छन् ।

प्रकाशित मिति : २० बैशाख २०७७ शनिबार ००:००  ७ : १५ बजे