मायादेवी अनलाइन, चारनम्बर ।
बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य बृद्धि भएको गुनासो आइरहेका बेला सरकारी निकायबाट त्यसको अनुगमन भएकोे छ । कपिलवस्तुको वाणगंगा नगरपालिका क्षेत्रमा रहेका किराना, तरकारी, फलफुल र खाद्यान्नको होलसेल तथा खुद्रा पसलको उपभोग्य बस्तुको मूल्यबृद्धिको अवस्था बुझन बजार अनुगमन भएको हो ।
दैनिक उपभोग्यबस्तु दाल, तेल, चिनी, आटा र तरकारीको मूल्य बृद्धि भएको गुनासो उपभोक्ताले गरेपछि सरकारी तवरबाट बजार अनुगमन भएकोे हो । लकडाउनका कारण विभिन्न वहानामा दैनिक उपभोग्य बस्तुको मूल्य बृद्धि गरेको पाइए कडा कारवाही गरिने भएको छ ।
बजारमा खाद्यान्नको सहज आपूर्ति भइरहदा दैनिक उपभोग्य बस्तुको अभाव देखाउँदै मूल्य बृद्धि गर्न नमिल्ने र कसैले कालो बजारी गरे कानुन आकर्षित भई कारवाही हुने घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुका प्रमुख राजन केसीले जानकारी दिनुभयो । उहाँले वाणगंगाका खुद्रा र होलसेलका खाद्यान्न पसल अनुगमनका क्रममा दैनिक उपभोग्य वस्तुको मूल्य बृद्धि बजारमा भने अनुसार नभेटिएको जानकारी दिनुभयो । सरस्वती सप्लायर्सको तेलको खरिद विल र विक्री मूल्य हेर्दा धेरै अन्तर नपाइएको उहाँले बताउनुभयो ।
वाणगंगाका १७ वटा पसलमा गरिएको अनुगमनमा सामाजिक दुरी कायम गर्दै बजार मूल्यसूची र कतिपय पसलले साइन बोर्ड समेत नराखेको पाइएकाले तत्काल राख्न निर्देशन दिइएको छ ।
पछिल्लो समय उपभोग्य बस्तुको मूल्य दिनप्रतिदिन बढाउदै लैजादा उपभोक्ता मारमा परेको गुनासो उपभोक्ताबाट आउन थालेको छ । वाणगंगाको चारनम्बर क्षेत्रमा रहेका किराना पसलले दैनिक उपभोग्य बस्तु तेल, आटा, दाल, चिनीको खरिद बढेर आएकाले मूल्य केही बढेको बताएका छन् । ‘हामीले किन्दा नै बढेको मूल्यमा खरिद गरेका छौं, त्यसमा २।४ रुपैयाँ नाफा लिएर बेच्नै प¥यो, एक व्यापारीले अनुगमन टोलीलाई बताउनुभयो ।’
कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ पौडेलले आफुले नियमित बजार अनुगमन गरिरहेको बताउदै आफ्ना व्यवसायीलाई संकटका बेला कालोबजारी गर्न नहुने र बजार क्षेत्रमा निगरानी बढाइरहेको समेत बताउनुभयो ।
लकडाउनकै समयमा किसानको तरकारी बारीमै कुहिने तर उपभोक्ताले महंगोमा खरिद गर्नुपर्ने बाध्यता छ । किसानको तरकारी पर्याप्त विक्री नहुँदा बजार मूल्य घटेको छ एकातिर भने अर्कोतिर उपभोक्तासम्म आइपुग्दा महंगोमा खरिद गर्नुपर्ने अवस्था देखिन्छ ।
पछिल्लो समय तरकारीको मूल्यमा पनि गिरावट आएको अनुगमन टोलीले पाएको छ । वास्तविक किसानले बजार सम्म तरकारी पु¥याउन नसक्दा विचौलियाबाट खुद्रा पसलले खरिद गर्दा उपभोक्ता मारमा परेको हुनसक्ने स्थानीय व्यवसायी भोजराज घिमिरेले बताउनुभयो ।
प्रतिक्रिया