८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

‘लकडाउन’को मारमा परेको रामले दतिउन गरेको तीर्थस्थल ‘रामदतिउन’ (फोटोफिचर)



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको उत्तरी भेगमा अवस्थित छ ‘रामदतिउन’ । वाणगंगा-९ मा पर्ने यो स्थान पुग्न पूर्व पश्चिम राजमार्गको कोइली–खारखानीबाट झण्डै ७ किलोमिटर उत्तर लाग्नुपर्छ । घनाघोर जंगलमा अवस्थित ‘रामदतिउन’ हजारौं दर्शनार्थीको पवित्र स्थल हो ।

भगवान रामले कुनै समय यहाँ आएर दतिउन गरेको कारण यो ठाउँको नाम ‘रामदतिउन’ हुन गएको धार्मिक विश्वास छ । यहाँ रामको पाइतला देख्न सकिन्छ भने बाह्रै महिना कलकल बग्ने पानीले प्रकृतीलाई झन मनमोहक तुल्याउँछ । लामो समय देखि एक बाबा यहाँ बसोबास गर्दै आउनुभएको छ भने बाबाको आर्शिवाद लिएपछि विभिन्न रोगव्याथी हटेर जाने जनमानसमा विश्वास छ । विभिन्न रोगले ग्रसित व्यक्तिलाई बाबाले आयुर्वेदिक औषधि मार्फत निको गराउने गरेको बताइन्छ ।

लकडाउन पूर्व निकै चहलपहल हुने यो स्थान हालभने सुनसान छ । बसन्त ऋतुको यो समयमा जंगल उजाड बनेको छ । यद्यपि यहाँ पुग्दा भने मन प्रफुल्ल हुन्छ ।
हेर्नुहोस फोटोफिचर

प्रकाशित मिति : २० बैशाख २०७७ शनिबार ००:००  १ : ५९ बजे