चितवन ।
पूर्वी चितवनको राप्ती नगरपालिकामा ४ बालबालिकामा दादुरा सङ्क्रमण देखिएको छ । संक्रमण देखिएसँगै सो नगरापालिकामा मंगलबारदेखि दादुरा रुबेला रोग विरुद्धको खोप सञ्चालन हुने भएको छ ।
स्वास्थ्य कार्यालय प्रमुख दीपक तिवारीका अनुसार सो नगरपालिकाको वडा नं १०, ११, १२ र १३ मा खोप सञ्चालन गर्न लागिएको हो । ती वडामा रहेका ९ महिनादेखि १५ वर्ष उमेर समूहकालाई खोप लगाइने छ ।
वडामा रहेका करिब ७ हजार बालबालिकालाई खोप लगाइने छ । स्वास्थ्य मन्त्रालयकोे निर्देशिका अनुसार सामाजिक दूरी कायम गरी खोप लगाइने छ ।
नगरपालिका प्रमुख प्रभा बरालका अनुसार धादिङमा दादुराको सङ्क्रमण देखिएसँगै सिमाना जोडिएका वडामा रहेका बालबालिकादेखि युवासम्मलाई दादुराको सङ्क्रमण देखिएको हो ।
प्रतिक्रिया