८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

चीनमा वितेको २४ घण्टामा एक मात्र नयाँ कोरोना संक्रमित भेटिए



काठमाडौं ।
चीनमा गएको २४ घण्टामा मात्र एक नयाँ कोरोना भाइरस संक्रमित थपिएका छन् ।

एक दिनमा मात्र एक नयाँ कोरोना संक्रमित थपिँदा चीनमा गएको चार दिनयता कसैको पनि मृत्यु नभएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।

कोरोना भाइरसको उद्गमस्थल चीनमा यतिबेला कोरोनाको प्रभाव नियन्त्रणमा आइसकेको छ। कोरोना पहिलोपटक देखिएको चीनको वुहान गत अप्रिल ८ देखि नै सामान्य अवस्थामा फर्किसकेको छ ।

यतिबेला चीनका पर्यटकीयस्थल तथा बजार, उद्योग कारखानाहरु संचालनमा आइसकेका छन् ।

हालसम्म चीनमा ८२ हजार ८७५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। जसमध्ये ४ हजार ६३३ को मृत्यु हुँदा ७७ हजार ६८५ उपचारपछि स्वस्थ बनेका छन् । यतिबेला चीनमा ५५७ जना कोरोना संक्रमितको उपचार भइरहेको छ। सीएनएन

प्रकाशित मिति : २० बैशाख २०७७ शनिबार ००:००  १२ : ४९ बजे