काठमाण्डौँ ।
मेष : प्रायः अनुकूल रहनेछ । शनि, रविबार मनमा चिन्ता कम हुने देखिन्छ । शरीर स्वस्थ रहनेछ । सोम, मंगलबार आटे ताकेको काम बन्नेछ । बुध, बृहस्पतिबार अत्यन्त सहज र सुखद यात्रा हुनेछ । शुक्रबार शिथिल प्रायः रहनेछ
वृष : साताको सुरु बाहेक बाँकी सबै दिन अनुकूल रहनेछन् । शनि, रविवार दुविधात्मक रहनेछ । सोम, मंगल बार मानमा चिन्ता हट्नेछ । प्रतिस्पदा सार्थक रहनेछ । बुध, बृहस्पतिबार शत्रु परास्त हुनेछन् । शक्रबार अत्यन्त सहज रहनेछ ।
मिथुन : साताको सुरु र अन्तिमका दिन अनुकूल रहनेछन् । शनि, रविवार कार्य सिद्धि दयक रहनेछ । सामाजिक दायित्व थपिनेछ । सोम, मंगलबार भय प्रद रहनेछ । बुध, बृहस्पतिबार बौद्धिक काम हुनेछ । शुक्रबार शत्रु माथि विजय प्राप्त गरिनेछ ।
कर्कट : साताको पूर्वाध अनुकूल रहनेछ । शनि, रविवार बोलीवचनमा प्रभाव बढ्नेछ । मिस्तान्न भोजन प्राप्त हुनेछ । सोम, मंगलबार विशेष क्रियाशिलता र वेस्तता बढ्नेछ । बुध, बृहस्पति बार त्रासपूर्ण वातावरण रहनेछ । शुत्रबार सावधान योग्य रहनेछ ।
सिंह : साता प्राय अनुकूल रहनेछ । शनि, रविवार भाग्य वर्दक कार्य सिद्धि हुनेछ । सोम, मंगलबार अर्थिक कारोबार गरिनेछ । बुध, बृहस्पतिबार सामजिक कार्यक्रममा सहभागी भइनेछ । शुत्रबार दुविधात्मक रहनेछ ।
कन्या : साताको सुरु बाहेक बाँकी सबै दिन अनुकूल रहनेछन् । शनि, रविवार विलासिताका वस्तुमा खर्च हुनेछ । सोम, मंगलबार उच्च स्तरिय कार्य प्रदायक रहनेछ । बुध, बृहस्पतिबार मिठो बोलीले प्रसन्नता प्रदान गर्नेछ । शुक्रबार कार्यगद तिव्रदा थपिनेछ ।
तुला : साता मिश्रित प्राय रहनेछ । शनि, रविवार नविन आयश्रोत जुट्नेछ । मन प्रसन्न रहनेछ । सोम, मंगलबार वेवदान बढ्न सक्छ । बुध, बृहस्पतिबार भाग्यबर्दक अवसर प्रकट हुनेछ । शुक्रबार मध्यम प्राय रहनेछ ।
वृश्चिक : साताको अधिकाशं दिन अनुकूल रहनेछन् । शनि, रविबार मानसम्मान पद प्रतिष्ठा मिल्नेछ । सोम, मंगलबार राम्रै आयस्रोत जुट्नेछ । बुध, बृहस्पतिबार घमण्ड बढ्न सक्छ । शुक्रबार भाग्य बृद्धि हुनेछ ।
धनु : साता अनुकूल रहनेछ । शनि, रविवार धर्मकर्म गरिनेछ । मनमा शान्ति रहनेछ । सोम, मंगलबार मानोन्नतिका लागि महत्वपूर्ण अवसर प्राप्त हुनेछ । बुध, बृहस्पतिबार सबैतिरबाट अनुकूल र लाभदायक रहनेछ । शुक्रबार स्थिल प्राय रहनेछ ।
मकर : साताको सुरु बाहेक बाँकी सबै दिन अनुकूल रहनेछ । शनि , रविवार अनावश्यक घमण्डले दुःख दिन सक्नेछ । सोम, मंगलबार आध्यात्मिक क्षेत्रमा सफलता मिल्नेछ । बुध, बृहस्पतिबार सम्मानित भइनेछ । शुक्रबार लाभदायक काम बन्नेछ ।
कुम्भ : साताको सुरु र अन्तिमका दिन अनुकूल रहनेछन् । शनि,रविवार दामपत्य जीवनमा सहजपन आउनेछ । सोम, मंगलबार घमण्ड बढ्न सक्छ । बुध, बृहस्पतिबार दानपुन्य गरिनेछ । शुक्रबार आटेको काममा सफलता मिल्नेछ ।
मीन : साताको अघिल्ला दिन अनुकूल रहनेछन् । शनि, रविवार शत्रु परास्त हुनेछन् । सोम, मंगलबार व्यायार व्यावसाय बढ्नेछ । प्रियजन सँग भेटधाट हुनेछ । बुध,बृहस्पतिबार स्थिल रहनेछ । शुक्रबार मध्यम प्राय रहनेछ ।
अब लागौँ २६ गतेसम्म कुनकुन दिवसहरु पर्छन् त ?
आज वैशाखशुक्ल नवमी(दशमी) – वैशाखकृष्ण प्रतिपदासम्म
२० गते सीता जयन्ती,
२१ गते सम्रातहरुको मोहीनी एकादशीव्रत, अन्तराष्ट्रिय स्वतन्त्रता दिवस,
२२ गते वैष्णवहरुको मोहीनी एकादशीव्रत, कोका कोशीको संगममा मत्स्यदर्शन,
२३ गते भौमप्रदोषव्रत,
२४ गते नृसिंहजयन्ती, किराँतसमाजसुधार दिवस,
२५ गते बुद्धपूर्णिमा, पूर्णिमाव्रत, चण्डीपूर्णिमा, गौतमबुद्ध जयन्ती, कूर्मजयन्ती,
वैशाखस्नान समाप्ति, घाँटुनृत्य विर्सजन, उभौलीपर्व,
२६ गते रेडक्रस दिवस, कानुन दिवस
प्रतिक्रिया