८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

बैठकको पूर्वसन्ध्यामा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालबीच भेटघाट



काठमाडौं ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपालबीच छलफल भएको छ ।

सचिवालय बैठकको पूर्वसन्ध्यामा अध्यक्ष प्रचण्ड नेपालसँग छलफल गर्न कोटेश्वरमा भेटघाट भएको हो ।

नेता नेपालका सहयोगी मोहन गौतमले भोलि बस्ने सचिवालय बैठकमा प्रस्तुत हुने विषयवस्तुको बारेमा छलफल गर्न नेताहरुबीच भेटघाट भएको बताए ।

बुधबार बसेको सचिवालय बैठकले पार्टीभित्र देखिएको आन्तरिक विवादका विषयमा गृहकार्य गरी शनिबारका लागि बैठक बोलाउने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १९ बैशाख २०७७ शुक्रबार ००:००  ७ : ३० बजे