८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

धनगढीकी एक महिलाको छैठौँ पटक कोरोना जाँच, छैठौँ रिपोर्ट पनि पोजेटिभ



कैलाली । धनगढीकी कोरोना संक्रमित महिलाको छैठौं रिपोर्ट पनि ‘पोजेटिभ’ आएको छ । ३४ वर्षीया महिलाको ६ पटकसम्म गरिएको थ्रोट स्वाब परीक्षणमा कोरोना रिपोर्ट पोजेटिभ देखिएको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बताउनु भयो ।

संक्रमित महिला २८ दिनदेखि सेती प्रादेशिक अस्पतालको आइसोलेसन कक्षमा उपचाररत छिन् ।उनलाई २२ चैत्रमा कोरोना संक्रमणको पुष्टि भएको थियो । दुबईबाट आएका आफन्तबाट उनीमा कोरोना सरेको हो ।

उनका आफन्त भने निको भएर घर फर्किसकेका छन् । महिलामा कोरोना सरेपछि सरकारले नेपालमा कोरोना दोस्रो चरणमा प्रबेश गरेको घोषणा गरेको थियो ।

संक्रमित महिलाको ६ पटकसम्म रिर्पोट पोजेटिभ आए पनि स्वास्थ्य सामान्य रहेको उपचारमा खटिएका बरिष्ठ फिजिसियन डाक्टर शेरबहादुर कमरले बताउनु भयो । सुदूरपश्चिम प्रदेशमा ५ जना कोरोना संक्रमित फेला परेका थिए । उनीहरु मध्ये ४ जना निको भएर घर फर्किसकेका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०७७ शुक्रबार ००:००  १२ : ०४ बजे