८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

इटालियन सरी ए सुरु हुने सम्भावना



एजेन्सी ।
इटालीयन सरकारले खेलकुद टोलीलाई मे १८ पछि प्रशिक्षणमा फर्किने अनुमति दिने निर्णय गरेको छ । इटाली सरकारले घोषणा गरेको लकडाउन सहजीकरण गर्दै खेलकुद टोलीलाई प्रशिक्षणमा फर्कन अनुमति दिने बताएको हो ।

प्रधानमन्त्री ज्युसेप्पे कोन्टेले आइतबार कोरोना भाइरस महामारीको प्रकोपलाई मध्यनजर गर्दै मे ४ देखि कडा नियमहरू कम गर्ने बताएका छन् । प्रधानमन्त्री कोन्टेले अझै पनि सामाजिक दूरी नियमको पालना गर्न आवश्यक भएको बताए । उनले खेलकुदहरूलाई मे ४ देखि व्यक्तिगत र मे १८ देखी समूहमा रहेर प्रशिक्षण गर्न अनुमति दिने बताएका छन् ।

इटालियन सिरी एलगायत सम्पूर्ण खेल गतिविधि गत महिनादेखि स्थगित छन् । स्थगित खेलहरू कहिलेदेखि सुचारु हुने पूर्ण रूपमा भन्न सक्ने अवस्था भने छैन । तर, कोन्टेले जुनमा धेरै सेवाहरूको सहजीकरण हुन सक्ने सुझाव दिएका छन् ।

“म धेरै इटालियनहरूजस्तै फुटबलबारे पनि उत्साहित छु । त्यसैले यो समय अस्वाभाविक लाग्न सक्छ,” खेलबारे मिडिया कन्फ्ररेन्समा कोन्टेले भने, “खेलकुदमन्त्री भिन्सेन्जो स्पाडाफोराले मे ४ देखि व्यक्तिगत र मे १८ देखि समूहगत प्रशिक्षण गर्ने विषयमा विशेषज्ञ, वैज्ञानिक र खेलकुद व्यक्तित्वहरूसँग छलफल गर्नेछन् । त्यसपछि हामी निर्णय गर्ने छौं कि सिजन पूरा गर्ने के गर्ने भनेर ।”

प्रकाशित मिति : १५ बैशाख २०७७ सोमबार ००:००  ३ : ४१ बजे