काठमाडौं ।
गृह मन्त्रालयले लकडाउनमा कडाइ गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेको छ । लकडाउन खुकुलो भएको गुनासो आएपछि गृहले सुरक्षा निकाय र प्रशासनलाई परिपत्र गरेको हो ।
गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले संचारकर्मीसंग कुरा गर्दै अत्यावश्क सेवाका लागि पास चाहिँदैन ।
अरुको हकमा विना पासका सवारी चलाउन नदिनू भनेर आजै परिपत्र गरेका छौं ।’सोही अनुसार गर्नू गराउनू । देशभर नै लक डाउन उलंघन हुन थालेको आभाष भएपछि यस्तो निर्देशन गर्नु परेको गृह श्रोत बताउँछ ।
प्रतिक्रिया