८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

उपमेयर अर्याल भन्छनः वाणगंगामा तरकारी विक्री गर्न दिइएन भनेर ‘प्रपोगाण्डा’ मच्चाइयो



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तु वाणगंगा नगरपालिकाका नगर उपप्रमुख चक्र अर्यालले वाणगंगामा अन्य स्थानीय तहका किसानले ल्याएको तरकारी बेच्च दिइएन भनेर ‘प्रपोगाण्डा’ मच्चाइने काम भएको आरोप लगाउनुभएको छ । मायादेवीसंग आईतबार साँझ टेलिफोन संवादमा कुराकानी गर्दै नगर उपप्रमुख अर्यालले जिल्लाभित्र उत्पादन भएका कुनै पनि किसानका तरकारीलाई बेचविखन गर्न बन्देज नलगाइएको दाबी गर्नुभयो ।

कोरोना भाइरसको संक्रमणको भयले भारतबाट आयतित तरकारीलाई नगरमा बेचविखन गर्न बन्देज लगाइएको स्पष्ट पार्दै जिल्ला भित्रका किसानलाई त्यसो नगरिएको दाबी गर्नुभयो । कतिपय व्यक्तिले यो विषयलाई ‘प्रपोगाण्डा’ मच्चाउने काम गरेको उहाँले आरोप थियो ।

वाणगंगा भित्रका किसानले उत्पादन गरेका तरकारी जतिपनि भएकाले बाहिरबाट तरकारी किन्नुपर्ने स्थिती नभएको उपमेयर अर्यालले जिकिर गर्नुभयो । आफ्नै नगरका किसानले उत्पादन गरेका किसानको तरकारी बेचविखनमा चासो दिनु स्वभाविक रहेको भन्दै उहाँले नगरले त्यसमा सहजिकरण गरेको बताउनुभयो । ‘यहाँ हल्ला वाणगंगाले तरकारी बेच्न रोक्यो भन्ने गरियो । बरु वाणगंगामा तरकारी धेरै उत्पादन भएर बाहिरका तरकारी व्यवसायीले नकिनेको हुन सक्छ उमेयर अर्यालले मायादेवीसंग भन्नुभयो, ‘व्यापारी व्यापारी बीचको प्रतिस्पर्धालाई लिएर सिंगो नगरलाई मुछ्ने काम राम्रो होइन ।’

बुद्धभूमि धनकौलीका एक तरकारी व्यापारीले वाणगंगामा बेच्न ल्याएको तरकारी फर्काएको घटना पछि यो विषयले सर्वत्र चर्चा पाएको थियो । यो विषयमा प्रष्ट पार्दै नगर उपप्रमुख अर्यालले ती व्यापारीले दुई तीन दिन पहिलेका गोभि, परवल लगायतका तरकारी ल्याएपछि अनुगमन टिमले फर्काइएको बताउनुभयो । परवल कपिलवस्तुमा उत्पादन नहुने भन्दै त्यो भारतबाट आयात गरिएको ठानेर यसो गरिएको उहाँले बताउनुभयो ।

नगर प्रमुख अर्यालले लकडाउनको पूर्ण पालना गरेर अन्य स्थानीय तहमा उत्पादन भएका तरकारी नगरभित्र आ आफ्नो सम्पर्कमा रहेका व्यापारीसंग ल्याई बेचविखन गर्न बाधा नहुने प्रष्ट पार्नुभयो ।

प्रकाशित मिति : १४ बैशाख २०७७ आइतबार ००:००  ६ : २० बजे