काठमाडौं ।
नेपाली भीम निरौला बेलायती गट ट्यालेण्डको अर्को चरणमा प्रवेश गरेका छन् । ५४ वर्षीय भीमले ‘सन्डे मर्निङ लभ यु’ गीत गाएका थिए ।
उनले गाएको गीतले निकै चर्चा पाएको छ । उनले गाएको गीतको जजहरुले निकै तारिफ गरे । उनको गीतले स्टेजको माहोल तातेको थियो ।
जजहरुले उनले गाएको गीतमा खुब नाचे । बेलायतमा १३ वर्षदेखि बसोबास गर्दै आएका भीम धनकुटा निवासी हुन् । उनी होटलमा प्रबन्धकको रुपमा काम गर्दै आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रतिक्रिया