८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

किमको स्वास्थ्य अवस्था बुझ्न उच्चस्तरीय चिनियाँ टोली उत्तर कोरियामा, किमको अन्यौल कायमै



एजेन्सी ।

चीनले स्वास्थ्य विशेषज्ञसहितको टोली उत्तर कोरिया पठाएको छ । उत्तर कोरियाका नेता किम जोन उनलाई सल्लाह प्रदान गर्नका लागि चीनले स्वास्थ्य विशेषज्ञसहितको टोली पठाएको अवस्थासँग जानकार तीन व्यक्तिलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।

उत्तर कोरियाका नेता किमको स्वास्थ्य अवस्थाका सम्बन्धमा विवादास्पद खबरहरु आइरहेका बेला डाक्टरसहित चिनियाँ अधिकारीहरुको यात्रा तय भएको हो । चिनियाँ अधिकारीको यात्राको अर्थ किमको स्वास्थ्य अवस्थामा के राख्छ भन्ने तत्काल पुष्टि गर्न नसकिएको रोयटर्सले जनाएको छ।

भ्रमण टोलीमा चिनियाँ कम्युनिष्ट पार्टीको उत्तर कोरिया हेर्ने अन्तर्राष्ट्रिय कमिटिका उच्च अधिकारी छन् । उनीहरु बिहीबार बेइजिङ्गबाट उत्तर कोरिया गएका हुन् । विषयको गाम्भीर्यताले स्रोतले पहिचान खुलाउन नमानेको रोयटर्सको भनाई छ । चीनको विदेश मन्त्रालयले पनि यस सम्बन्धमा तत्काल टिप्पणी गर्न अस्वीकार गरेको छ ।

गएको सोमबार दक्षिण कोरियाको सिओलबाट सञ्चालन हुने डेली एनके अनलाइनले नेता किमको अप्रिल १२ मा मुटुको शल्यक्रिया भएको र त्यसपछि उनको स्वास्थ्य अवस्था गम्भीर रहेको तर सुधार हुँदै गएको उल्लेख गरेको थियो । सो अनलाइनले उत्तर कोरियाको गोप्य स्रोतलाई उद्धृत गर्दै खबर लेखेको थियो ।

प्रकाशित मिति : १४ बैशाख २०७७ आइतबार ००:००  ९ : १९ बजे