एजेन्सी ।
रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेज अझैपनि ब्राजिली स्टार नेयमारलाई अनुबन्ध गर्न चाहेको खुल्न आएको छ ।नेयमारका पूर्व एजेन्ट वाग्नर रिबेरोले बताए अनुसार रियल मड्रिडका अध्यक्ष पेरेजले अझैपनि नेयमार अनुबन्धको सपना देख्ने गरेका छन् ।
ब्राजिली क्लब सान्तोषमै रहदा पेरेजले नेयमारलाई रियलमा ल्याउन चाहन्थे । तर ब्राजिली स्टारले मनले रोजेको क्लब भन्दै रियलको प्रतिद्धन्दी बार्सिलोना जाने निर्णय गरेका थिए ।बार्सिलोना अझै नेयमारलाई फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन ९पीएसजी०बाट नाउ क्याम्प फर्काउन चाहन्छ । तर बार्सिलोनाले आर्थिक कारण नेयमारलाई फकाउने सम्भावना निकै कठिन रहेको बताईएको छ ।
‘नेयमारलाई बार्सिलोले चाहेको थियो । जब उनी सान्तोषमा थिए ।’ रिबेरोले भनेका छन्, ‘मैले उनलाई रियलमा लैजान धेरै कोशिश गरे । मैले साओ पाउलोमा रियल मड्रिडका तीन निर्देशकलाई समेत ल्याएको थिए ।’ रिबेरोले भने ।ुउनीहरुले नेयमारको बुवासंग मेरो अफिसमा १५ दिन बिताएका थिए । नेयमारलाई अनुबन्ध गर्न निकै कोशिश गरेका थिए । तर अन्तिममा नेयमारले मनको कुरा सुन्ने भन्दै फरक क्लब रोजे । उनी बार्सिलोनामा खेल्न चाहन्थे ।’ उनले थपे ।
‘नेयमार अनुबन्ध गर्नु फ्लोरेन्टिनोको सपना हो । गत बर्ष मेमा म उनको अफिस पुगेको थिए । र उनले मलाई भनेको थिए, उनीसंग अझै त्यो सपना बाँकी छ ।’ उनले भने । नेयमारले चार सिजन बार्सिलोनामा बिताएका थिए । उनले दुई ला लिगा सहित, तीन कोपा डेल रे र च्याम्पियन्स लिगको उपाधि जितेका थिए ।
उनले बार्सिलोनामा रहदा लियोनल मेस्सी, लुईस स्वारेजसंग गज्जवको तालमेल देखाएका थिए । उनले सबै प्रतियोगितामा क्लबका लागि १ सय ८६ खेलमा १ सय ५ गोल गरेका थिए ।उनी सन् २०१७ मा विश्व कीर्तिमानी मुल्यमा पीएसजी लागे । उनले फ्रान्समा समेत निरन्तर गोल गर्दै उपाधि उचाले । तर उनी पुन स्पेनिस फुटबलमा फर्कन चाहन्छन् ।
बार्सिलोनाले गत बर्ष समेत नेयमार अनुबन्धमा निकै कोशिश गरेको थियो । खेलाडी सरुवा बजार खुल्ने बित्तिकै बार्सिलोनाले पुन नेयमार अनुबन्धमा कोशिश गर्ने जनाएको छ । उसले ईन्टर मिलानका फरवार्ड लौटेरो मार्टिनेजलाई ल्याउन समेत ईच्छा देखाएको छ ।
प्रतिक्रिया