८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

झापामा यस कारण सरेको रहेछ कोरोना



झापा ।
कोरोना संक्रमण पुष्टि भएका दमक नगरपालिका ३ का ६२ वर्षीय पुरुषका छोरा चैत ६ गते दुबईबाट नेपाल आएको खुलेको छ। स्वदेश फर्किने क्रममा उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान्य ज्वरोको परीक्षण गरिएको थियो।

त्यसपछि उनी एयरपोर्टबाट ट्याक्सी चढेर कलंकी हुँदै सोही दिन काँकडभिट्टाको रात्रिबस चढेर दमकमा झरेका थिए। उनीसँगै अर्जुनधाराका अर्का एक युवा पनि सँगै रात्रिबसमा आएको बुझिएको इलाका प्रहरी कार्यालय दमकका डीएसपी विजयराज पण्डितले बताए। उनका अनुसार दमक झरेपश्चात् उनी अटोमा घर पुगेका थिए। घर पुगेपछि वडाध्यक्ष नवीन बरालसहितको टोली उनको घर पुग्यो।

त्यतिबेला पनि उनको स्वास्थ्य अवस्था सामान्य थियो। ती युवाले होम क्वारेन्टाइन बस्न मन गरेपछि सोहीअनुसार व्यवस्था गरियो। तर, केही दिनमा ज्वरो आएपछि उनले वडा कार्यालयलाई खबर नगरेको बरालले बताए। ‘ज्वरो, खोकी केही लाग्यो भने सम्पर्क गर्नुहोला भनेर हामीले उहाँलाई पटक(पटक खबर गरेका थियौँ,’ उनले भने, ‘तर उहाँ होम क्वारेन्टाइनमा बसेपछि सम्पर्कमा बसिदिनुभएन। त्यही बीचमा घरमा बाहिरी मान्छेको आवतजावत पनि बढ्यो।’

बिहीबार दमक नगरपालिकाको स्वास्थ्यकर्मीको टोलीले घरमै पुगेर र्‍यापिड डायग्नोस्टिक टेस्ट ९आरडीटी० परीक्षण गर्दा छोरालाई कोरोनाको एन्टीबडी पोजेटिभ देखिएको थियो। संक्रमित बुबाका छोरासँगै गाडीमा आएका व्यक्तिदेखि घरमा बसेको अवधिमा निकट भएका सबैलाई अनिवार्य परीक्षण गर्नुपर्ने झापाकै ऊँ साई पाथीभरा हस्पिटलका डा। भरत तिमिल्सिनाले बताए।

यसअघि दुई पटकको परीक्षणमा समेत छोराको एन्टीबडी पोजेटिभ देखिएपछि तत्काल उनकी बुहारी, श्रीमती र अहिले संक्रमण पुष्टि भएका पुरुषको परीक्षण गरिएको थियो। परीक्षणका क्रममा बुहारीको आरडीटी नेगेटिभ देखिएको थियो भने वृद्ध र उनकी श्रीमतीको पोजेटिभ आएको थियो। त्यसपछि नगरकोे स्वास्थ्य टोलीले अन्य एकसहित चार जनाको स्वाब परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको थियो।

दमकमा सय जनाको आरडीटी परीक्षण गर्दा कोरोनाको एन्टीबडी पोजेटिभ देखिएको थिएन। अहिले संक्रमण पुष्टि भएका वृद्धका छोरामा एन्टीबडी पोजेटिभ देखिएको दमक नगर उपप्रमुख गीता अधिकारीले बताइन्। संक्रमण पुष्टि भएका वृद्धको अहिले विराटनगरस्थित कोसी कोभिड अस्पतालमा उपचार भइरहेको छ।

संक्रमित ती वृद्धका सासूको तेह्रथुममा मृत्यु भएको थियो। लकडाउनले तेह्रथुम पुग्न सम्भव नभएपछि बुधबार वृद्धकी श्रीमती र जेठीसासूले दमक घरमै बसेर काजकिरिया सके। काजकिरिया गर्न इटहरी हाँसपोसाबाट पनि अर्र्की एक महिला उक्त घरमा आएकी थिइन्। वडाध्यक्ष बरालका अनुसार यो बीचमा करिब ४० जना मान्छे वडा नम्बर ३, ६, ७ र ९ बाट उक्त घरमा आएको देखिएको छ।अन्नपूर्णबाट साभार ।

प्रकाशित मिति : १४ बैशाख २०७७ आइतबार ००:००  ७ : ३८ बजे