एजेन्सी ।
कोरोना भाइरसका कारण शनिबारसम्म ज्यान गुमाउनेको संख्या दुई लाख पुगेको छ। शनिबार रातिसम्ममा विश्वभरमा ज्यान गुमाउनेहरुको संख्या २ लाख ४ सय ३० पुगेको हो। कोरोनाका कारण अमेरिकामा मात्रै ५२ हजार ८३८ ले ज्यान गुमाएका छन् ।
अमेरिकामा संक्रमितको संख्या नै ९ लाख २९ हजार ६३७ पुगेको छ । कोरोना भाइरसबारे अपडेट दिइरहेको वर्ल्डो मिटर डट इन्फोका अनुसार विश्वभर कोरोना संक्रमितको संख्या २८ लाख ६७ हजार ९ सय ८४ पुगेको छ । यसका साथै कोरोना ठीक भएर घर फर्किनेको संख्या पनि ८ लाख १९ हजार ३१० पुगेको छ । कोरोनाका कारण अमेरिकापछि इटालीमा २६ हजार ३८४ ले ज्यान गुमाएका छन् ।
इटालीमा शुक्रबार ४१५ जनाको मृत्यु भएको छ । त्यहाँ संक्रमितको संख्या एक लाख ९५ हजार ३५१ छ । इटालीपछि स्पेनमा २२ हजार ९०२ ले ज्यान गुमाएका छन् । तर त्यहाँ इटालीमा भन्दा धेरै दुई लाख २३ हजार ७५९ जना संक्रमित छन् । इटालीमा निको भएर घर फिर्नेको संख्या ६३ हजार १२० छ । फ्रान्समा २२ हजार २४५ ले ज्यान गुमाएका छन् । त्यहाँ एक लाख ५९ हजार ८२८ जना संक्रमित छन् भने ४३ हजार ४९३ निको भएर घर फिरेका छन् ।
फ्रान्सपछि बेलायतमा २० हजार ३१९ ले ज्यान गुमाएका छन् । त्यहाँ एक लाख ४८ हजार ३३७ संक्रमित छन् । बेलायतमा शुक्रबार ८१३ जनाले ज्यान गुमाए। बेलयातमा ३० जना नेपालीले पनि ज्यान गुमाइसकेका छन् ।
प्रतिक्रिया