काठमाडौँ ।
डिभिजन वन कार्यालय दाङका कर्मचारीले कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा आर्थिक सहयोग गरेका छन् । डिभिजन वन कार्यालयमा कार्यरत ७९ जना कर्मचारीहरुले प्रदेश ५ को कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा मंगलबार २ लाख ७७ हजार ३ सय ५४ रुपैयाँ जम्मा गरेका हुन् ।
उक्त रकम कोभिड १९को आपत्लीन नियन्त्रण तथा उपचार कोषको नाममा नेपाल राष्ट्रिय वाणिज्य बैंक बुटवल रुपन्देहीमा रहेको खातामा जम्मा गरेको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिए ।
डिभिजन वन कार्यालय तथा यस अन्तर्गतका ८ वटा सवडिभिजन वन कार्यालयमा कार्यरत २० जना अधिकृतहरुले मासिक तलबको जनही ५ दिनका दरले र सहायक कर्मचारीहरुले जनही ३ दिनका दरले कोषमा योगदान गरेको डिभिजनल वन अधिकृत दिपक ज्ञवालीले बताए ।
रकम प्रदेश ५ मा कोरोना भाइरसको संभावित संक्रमणलाई नियन्त्रण गर्न प्रदेश सरकारले व्यवस्था गरेको क्वारेन्टाइन र आइसोलेसनमा रहेकाहरुको व्यवस्थापनामा खर्च हुने विश्वास गरिएको ज्ञवालीले बताए ।
प्रतिक्रिया