८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

सुनौली नाका पुगेर शिवराजका मेयर अधिकारीले गरे नगरबासीको उद्धार



मायादेवी अनलाइन, चारनम्बर ।
भारतीय सिमा नाकामा नगरबासी अलपत्र परेको भन्ने सुनेपछि शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारी सुनौली पुग्नुभएको छ ।

भारतीय सिमावर्ती सुनौली नाकामा अलपत्र पर्दै आएका तीन सय ५० जनालाई नेपाल उद्धार गर्न दिइएसंगै शिवराज नगरपालिकाका नागरिक पनि भएकाले ती नागरिकलाई लिन नगर प्रमुख अधिकारी सुनौली पुग्नुभएको हो ।

रोजगारीको शिलशिलामा भारत पुगेकाहरु लकडाउनको कारण सिमा नाकाबाट नेपाल प्रवेश गर्न पाएका थिएनन् । कोरोना संक्रमणको डरले नेपाल आउन नपाएका यी नागरिक भारतीय क्वारेनटाइनमा झण्डै २५ दिन बसेपछि नेपाल आउन पाएका हुन् ।

अलपत्र नागरिकलाई उद्धार गरेसंगै आ–आफ्नो स्थानीय तहले प्रवन्ध मिलाउनुपर्ने भएपछि नगर प्रमुख अधिकारी त्यहाँ पुग्नुभएको हो ।

अलपत्र परेका चार जना नगरबासीलाई कोरोनाको परिक्षण गराएर नगरभित्र ल्याएको उहाँले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो । कोरोना परिक्षणमा उनीहरुमा कोरोना नपाइएको पनि नगर प्रमुख अधिकारीले बताउनुभयो । यद्यपि उनीहरुलाई नगरपालिकाले बनाएको क्वारेनटाइनमा राखिने उहाँले जानकारी दिनुभयो ।

आफुले वाणगंगा नगरपालिकाका दुई जना, बुद्धभूमि नगरपालिका र कपिलवस्तु नगरपालिकाका एक एक जनालाई ल्याएको उहाँले बताउनुभयो । आफ्नो नगरका नागरिकलाई क्वारेनटाइनमा राखिने भएपनि अरु स्थानीय तहले आफ्ना नागरिकलाई के गर्छन त्यो थाहा नभएको उहाँले बताउनुभयो ।

नगरबासीलाई लिनका लागि नगर प्रमुख अधिकारीसंगै वडा नं. ३ का वडाध्यक्ष टेकलाल सापकोटा पनि जानुभएको थियो ।

प्रकाशित मिति : १३ बैशाख २०७७ शनिबार ००:००  ६ : २३ बजे