एजेन्सी ।
वेस्ट इन्डिजको क्रिकेट बोर्ड आर्थिक संकटमा परेको छ। क्रिकेट वेस्टइन्डिज (सीडब्ल्यूआई)ले आफ्ना खेलाडीलाई जनवरीदेखि म्याच फि दिन सकेको छैन । भुक्तानीमा ढिला भएपछि खेलाडी समेत आर्थिक संकटतर्फ धकेलिएका छन् । त्यसो त वेस्टइंन्डिज क्रिकेट बोर्डको आर्थिक अबस्था पहिलाबाटै नाजुक रहँदै आएको छ । अब कोरोना भाइरसको महामारीका कारण उसको संकट थप बढेको छ।
इन्टरनेशनल पुरुष खेलाडीका ११ र महिला खेलाडीको ४ खेलको म्याच फि दिन बाँकी रहेको छर सर्वाधिक धेरै घाटा घरेलु खेलाडीलाई भइरहेको छ । वेस्ट इन्डिजले जनवरीमा आयरल्याण्डविरुद्धको घरेलु सिरिज खेलेको थियो ।
त्यस्तै फेब्रुअरी-मार्चमा श्रीलंकाको यात्रा गरेको थियो । वेस्टइन्डिज क्रिकेट बोर्डले २०२० को अन्तसम्म यो अबस्था भोग्नु पर्ने जनाएको छ । पुरुष खेलाडीले आयरल्यान्डको तर्फबाट घरेलु सीरीज ३ एकदिवसीय र तीन टी–२० खेलेको थियो ।
त्यस्तै श्रीलंकाविरुद्ध पनि ३ एकदिवसीय र ३ टी–२० खेलेको थियो । विश्वकपमा खेलेको ४ खेलको समेत म्याच फि पाएका छैनन् । जसले गर्दा खेलाडीहरुलाई आर्थिक संकट हुँदै गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् ।
प्रतिक्रिया