८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

पाकिस्तानमा लम्बियो लकडाउन



पाकिस्तान ।
कोरोना भाइरसको महामारी नियन्त्रण गर्न पाकिस्तानमा लागु गरिएको लकडाउनको अवधि अझै थप गरिएको छ । कोरोना भाइरसको संक्रमण फैलिने क्रम नरोकिएकाले लकडाउनको अवधि थप गर्नु परेको सरकारी अधिकारीहरुले बताएका छन् ।
पाकिस्तानी सरकारले आगामी मे ९ तारिखसम्मका लागि लकडाउन लागु हुने घोषणा शुक्रबार गरेको हो । केन्द्रिय योजना तथा विकास मन्त्री असद उमराले राष्ट्रिय नियन्त्रण केन्द्रले लकडाउनको समयावधि बढाउने निर्णय गरेको जानकारी दिएका छन् ।
देशव्यापी लकडाउन लागु भइरहेको पाकिस्तानमा शुक्रबारसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ११ हजारभन्दा बढी भएको छ । सरकारी अधिकारीहरुकाअनुसार संक्रमित हुनेको कुल संख्या ११ हजार ६५२ रहेको छ । यस्तै देशभरी कोरोना भाइरसका कारण २४२ भन्दा बढीको मृत्यु भएको पनि सरकारी अधिकारीहरुले जनाएका छन् । कोरोना भाइरसबाट सबैभन्दा धेरै पञ्जाव प्रदेश प्रभावित भएको छ । त्यहाँ चार हजार ८५१ सङ्क्रमित भेटिएका छन् । महामारी विरुद्धको कतिपय मापदण्डहरुलाई पाकिस्तानमा कतिपय व्यक्तिहरुले बेवास्ता गरेको पाइएको छ । शनिबारदेखि मुिस्लम धर्माबलम्वीहरुको एक महिने रमजान पर्व समेत शुरु भएकाले मुस्लिम समुदायको बाहुल्यता रहेको पाकिस्तानमा थप सतर्कता अपनाउन आह्वान गरिएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७७ शनिबार ००:००  १ : ५९ बजे