काठमाडौं ।
कोरोना भाइरस (कोभिड-१९) को एक संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार झापाका ६२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको जनाइएको छ ।
योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ । जसमा १० जना निको भएर घर फर्किसकेका छन् भने अरु विभिन्न अस्पतालमा उपचाररत छन् ।
प्रतिक्रिया