८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

चौतर्फी विरोध पछि दुवै अध्यादेश फिर्ता लिने मन्त्रिपरिषद्को निर्णय



काठमाडौं ।
चौतर्फी विरोध भएपछि दल र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता हुने भएको छ ।

मन्त्रिपरिषद्को शुक्रबारको बैठकले दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । सरकारले फिर्ता लिने पत्र पठाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै अध्यादेश खारेज गर्नुहुनेछ ।

दल फुटाउन सहज हुने र संवैधानिक परिषद्को बैठकमा विपक्षी दलको भूमिका अन्त्य गर्ने अध्यादेश ल्याएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको चौतर्फी आलोचना भएको थियो ।

आफ्नै दलभित्रबाट समेत व्यापक असन्तुुुष्टि आएपछि प्रधानमन्त्री अध्यादेश फिर्ता लिन सहमत हुनुभएको थियो ।

प्रकाशित मिति : १२ बैशाख २०७७ शुक्रबार ००:००  ३ : ०४ बजे