८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

कोरोना अपडेटः भारतमा संक्रमितको संख्या २३ हजार बढी, ७२१ जनाको मृत्यु



काठमाडौं ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ । भारतमा पछिल्लो २४ घण्टामा ४० जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ७२१ पुगेको हो ।

भारतमा एकैदिन १ हजार ६६९ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या २३ हजार ३९ पुगेको छ । भारतमा संक्रमितमध्ये ५ हजार १२ जना उपचारपछि निको भएका छन् । १७ हजार ३०६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा सबैभन्दा बढी प्रभावित बनेको छ ।

सार्क मुलुकमा भारत सबैभन्दै भन्दा बढी कोरोना प्रभावित मुलुकका रुपमा देखिएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७७ शुक्रबार ००:००  ८ : २७ बजे