८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

लकडाउनमा महिलालाई अनावश्यक कामको बोझ



बिन्दबासिनी निगम ।
कोरोना भाइरसको कारणले संसार भरी नै समस्या रहेको छ । यो कुरा सबैलाई थाहा छ । कति जना बिदेशवाट आफ्नो घर आउँन पाएका छैन्न भने त कति जना आफ्नो परिवारवाट टाढा बसेका छन् । उहाँहरुको पीडा भनेर साध्य छैनन् । कति जना आफ्नै परिवारसंग भए त पनि उहाँहरुलाई खाना नपुगेका अवस्था रहेको छ । यस आपतकालिन अवस्थामा आ–आफ्नो जति समस्या भए त पनि सहनशिल भएर घरमा बस्न अवश्यक देखिन्छ । कुनै पनि समस्या वा संकट आए पनि बढी भन्दा बढी समस्या महिला तथा बालबालिकाहरुलाई भोग्नु पर्ने हुन्छ ।

यस कोरोना महांमारीमा पनि सबै जना आ–आफ्नो घरमा भएको हुनाले महिलाहरुलाई घरायसी कामको जिम्मेवारी बढेको देखिन्छ । यस बेलामा सबै जना मिलेर घरायसी काममा सहयोग गरेर कार्य गर्दा राम्रो हुनेछ । यो आपतकालिनले कति जनाको घरपरिवारमा राम्रो वातावरण ल्याएको छ जस्तै बर्षौ बर्ष टाढा बसिएका परिवारहरु एक जुट तथा एक ठाउँमा पनि आएका छन । परिवार भित्र मनमुटाव रहेको पनि केही मेलमिलाप गरेको छ । पहिला यस महामारीबाट बचिने त्यस पछि अरु कुरा गर्ने छौ र केही मात्रमा समुदायमा हुने झै-झगडा पनि कम वा सन्त भएको देखिन्छ भने कति जनाको घरमा हिंसा पनि निम्त्यिाएको छ ।

बालबच्चा, सासु ससुरा तथा श्रीमानले समेत सबै कार्य महिलालाई भनेर गराई रहेको बन्दीमा कुनै कार्य छैन् भन्दै घरमा बसेर के काम छ । सवै काममा महिलालाई मात्र गर्नु पर्ने बाध्यता आएको साथै सबैले भनेको कार्य तुरुन्त गर्न नसकेमा गालीगलौज गर्ने गरेको एक जना कपिलवस्तुका २२ बर्षीय गर्भवती महिलाले भन्नु भएको छ । यो बन्दीमा घरमा केही अपूग हुन गएमा श्रीमान लगायत बच्चासमेत ती महिला आमासंग नै माग्ने भन्ने गर्दछन । दैनिक घरायसी कार्य तथा खानाको समस्या समेत महिला माथि जिम्मेवारी बढेको छ । साथै बच्चाहरु स्कुल जाना नपाएर घर समुदायमा खेलेर झै–झगडा गरेर अभिभावकलाई वाक्कदिक्क बनाई रहेका छन् । त्यसै गर्दा आफ्नो घर परिवार चलाउनको लागि राम्रो संम्बन्ध बनाउनको निम्ति महिला पुरुष तथा बालबालिकाहरुमा समेत कार्यबारे छलफल गर्नु तथा समस्या समाधानबारे छलफल गर्नु पर्ने र बालबालिकालाई हेरचाह सहयोग गर्न देखिन्छ ।

यस महांमारीको वेलामा राम्रो राम्रो मिठो खाना पकाउने खुवाउने महिला दिदी बहिनीहरुलाई उहाँहरुको मनको भावना बुझी खानेकुराको अनुरोध साथै उहाँहरुको साथमा काममा सहयोग गर्नु पर्छ धेरै कामको बोझ भएर महिलाहरुले अवेशमा आएर अरुलाई केही नभने पनि आ–आफ्नो छोराछोरीहरुलाई पिट्न सक्छन । महिला दिदी बहिनीहरुले पनि आ–आफ्नो छोरीछोरालाई यस बेलामा धेरै भन्दा धेरै माया गर्नु पर्ने देखिन्छ । गरिब घर परिवारमा खाना नपुगेको अवस्था भए पछि घरमा रहेका ब्यक्तिहरु कहाँबाट खान पु¥याउने, ल्याउने समस्या भएको हुन्छ खाना नपाए पछि रिस आएको हुन्छ त्यो सिर आएर आफ्नो श्रीमतीलाई पिट्ने बच्चाहरुलाई पिट्ने समस्या हुन सक्छ ।

यस महामारीमा सबै भन्दा बढी महिला शारिरीक, मानसिक तथा यौंनिक हिंसामा पर्न सक्छन । त्यस कारणले आ–आफ्नो ठाउँमा महिला तथा बालबालिकाहरुलाई माया गर्नुस, गर्भवतीहरुलाई विशेष ख्याल तथा सुत्केरी हुने समय भएको छ भन्ने पूर्व तयारीमा बस्नु पर्ने अवस्था हुन्छ । र कुनै पनि समस्या आए पनि समाधानका लागि संयुक्त प्रयास गर्नु होस, समस्याको समाधान हिंसाबाट हुन सकदैन । परिवारिक रुपमा संयुक्त छलफल, मेलमिलाप, जिम्मेवारी वाँडफाट गरी नेतृत्व लिई समस्याको समाधान गर्ने हो । त्यस कारणले गर्दा आ–आफ्नो ठाउँवाट महिला तथा बालबालिकाहरुलाई सहयोग तथा उहाँहरुको भावनाको कदर गर्दै गरिब घर परिवारलाई सहयोग गर्नु पर्छ । सम्बन्धीत स्थानीय तह वा अन्य ब्यक्तिहरुले गरिब घर परिवार भोकै नबसुन उहाँहरुको लागि सहयोग गरी असल नागरिकको परिचय दिदै मानवता कायम गर्नु होस ।

प्रकाशित मिति : १२ बैशाख २०७७ शुक्रबार ००:००  ७ : ५५ बजे