८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

(नेकपा) महाराजगञ्ज नगर कमिटी अध्यक्ष जैसवालले मागे प्रम ओलीको राजीनामा



मायादेवी अनलाइन, चारनम्बर ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महाराजगञ्ज नगर कमिटीका अध्यक्ष विजय जैसवालले प्रधानमन्त्रीको राजीनामा माग्नुभएको छ । विहीबार साँझ फेसबुक स्टाटस लेख्दै अध्यक्ष जैसवालले प्रधानमन्त्री ओलीको राजीनामा माग्नुभएको हो ।

(नेकपा)का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओली पछिल्लो समय दुई विवादित अध्यादेशले विवादमा पर्नुभएको छ । पार्टी भित्र र बाहिर चर्को आलोचना खेप्न बाध्य हुनुभएका ओलीलाई कपिलवस्तुस्थित महाराजगञ्ज नगरपालिकाका नगर कमिटी अध्यक्ष जैसवालले राजीनामा माग गर्नुभएको हो ।

उहाँले लेख्नुभएको फेसबुक स्टाटसमा के कति कारणले प्रधानमन्त्री ओलीले राजनीनामा दिनुपर्ने हो उल्लेख नगरे पनि नैतिकताका आधारमा ओलीले राजीनामा दिनुपर्ने माग गर्नुभएको हो । उहाँले लेख्नुभएको फेसबुक स्टाटसमा विभिन्न प्रतिक्रिया आएका छन् ।
उहाँ तत्कालिन नेकपा (माओबादी केन्द्र) पक्षधरको हुनुहुन्छ ।

प्रकाशित मिति : ११ बैशाख २०७७ बिहिबार ००:००  ८ : २७ बजे