८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

‘मनकारी वलीउद्दिन’, जसले प्रचार विहिन बनेर राहत दिइरहेका छन !



मायादेवी अनलाइन, तौलिहवा ।
कोरोना संक्रमणको त्रासले गरिएको लकडाउनका कारण एक महिना देखि जारी लकडाउनले गरीब र बिपन्न परिवारलाई हातमुख जोर्न समस्या परेको छ । बिपन्न परिवारलाई पेट पाल्न समेत मुस्किल भएको बेला मायादेबी गाउँपालिका– २ का मनकारी वलउद्दीन मुसलमान बिपन्न परिवारको साहरा बनेका छन् ।

समाजसेवी मुसलमान प्रचार प्रसार बिनै उनीहरुलाई खाद्यान्न सहयोग गर्दै आएका छन् । जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर २ का समाजसेवी वलिउद्दिन मुसलमानले बिहीबार मायादेवी–४ का २१ परिवारलाई खाद्यान्न सहयोग गरे । सहयोग गरेको खाद्यान्नमा चामल, दाल, नुन लगायतका सामग्री छन् ।

त्यसै गरी वडा नम्बर १ पकडी र वडा नम्बर २ अभिरावका राहत पाउन नसकेको र अति गरिव ७÷७ परिवार तथा वडा नम्बर ७ को हरनामपुरका ९ परिवारलाई खाद्यान्न बितरण गरे । उनको घरमा आएका बिपन्न परिवारलाई उनले खाली हात फर्काउन्नन् । आफनो गच्छेले भ्याएसम्म चामल, दाल नुन दिएर पठाउने गरेका छन् । उनको घरमा दिनहुँ दश, बीस जना बिपन्न परिवार आउने गर्छन ।

त्यसै गरी उनी नै कार्यवाहक अध्यक्ष रहेको मायादेवी गाउँपालिका वडा नं. १ पकडी स्थित युवा समाज कल्याण नामक संख्या मार्फत उनले कपिलवस्तु अस्पतालमा दुई जोर पिपीई सेट सहित सेनेटाईजर र मास्क सहितका सामग्री हस्तान्तरण गरेका थिए ।

तौलिहवा स्थित कपिलवस्तु बाल गृहका बालबालिकालाई मास्क, सेनेटाईजर, फलफूल र खाने कुरा उपलब्ध गराउन समेत उनले अगुवाई गरे । उनकै पहलमा संस्थाले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुलाई सेनेटाईजर, मास्क र ग्लोब्स लगायतका सामग्री हस्तान्तरण गरेको छ ।

कार्यवाहक अध्यक्ष वलीउद्दिन मुसलमानको नेतृत्वमा संस्थाका सदस्य र युवा समाजसेवीहरु सहित जिल्ला प्रहरी कार्यालयमा गई प्रहरीलाई २ सय पिस मास्क, २ सय पिस ग्लोब्स, १ सय ७० पिस सेनेटाईजर र १५ लिटर हेण्ड वास लगायतका सामग्री बितरण गरेका थिए ।

आफुले चर्चा भन्दा पनि समाजका वास्तविक बिपन्न र असहायलाई सहयोग गर्ने उद्धेश्य राखेको समाजसेवी वलीउद्दिनले बताए । बिपन्न परिवार आक्रान्त बनेका बेला सामाजिक उत्तर दायित्वले ओतप्रेत भई सहयोग गरेको उनले बताए । ‘यस्तो बेलामा गरिएको सहयोग नै वास्तबिक धर्म हो’ उनले भने । उनले लकडाउनभर बिपन्न परिवारलाई सहयोग जारी राख्ने प्रतिबद्धता ब्यक्त गरे ।

गत स्थानीय तहको निर्वाचनमा मायादेवी गाँउपालिकाको अध्यक्ष पदका निकटतम प्रर्तिपर्धी रहेका उनी अहिले नेपाली काँग्रेस कपिलवस्तुको क्षेत्र नम्बर १ (ख) का क्षेत्रिय सभापति समेत हुन् ।

प्रकाशित मिति : ११ बैशाख २०७७ बिहिबार ००:००  ८ : ०३ बजे