मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुमा कारोना भाइरसको र्यापिट परीक्षणलाई तीव्र पारिएको छ । जिल्लाका १० वटै स्थानीय तहमा कोरोनाको परीक्षण भैरहेको हो । यद्यपि यो र्यापिट परीक्षण अन्य नागरिकलाई नभई क्वारेनटाइनमा बसेकालाई मात्र गरिएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो । यो परीक्षण कसलाई गरिने हो र कसलाई गरिएको छ नागरिकमा कौतुहलता थियो ।
परीक्षणका लागि हरेक स्थानीय तहमा दुई दुई जनाका दरले स्वास्थ्यकर्मीलाई परिचालित गरिएको छ । उनीहरुले क्वारेनटाइनमा पुगेर परीक्षण गरिरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो । जिल्लामा अहिलेसम्म भएका र्यापिट परीक्षणमा कसैमा पनि कोरोनाको संक्रमण नदेखिएको उहाँले बताउनुभयो । परीक्षण गरेको १५ मिनेटमै यसको नतिजा निस्कने भन्दै यसले कोरोना आशंकालाई केही भएपनि साम्य पार्ने काम गरेको उहाँले बताउनुभयो ।
यता जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले विहीबार उपलब्ध गराएको रिर्पोट अनुसार जिल्लामा ८ सय ७० जनाको र्यापिट परीक्षण भएको छ । आजमात्र २२ जनामा परीक्षण गरिएको रिर्पोटमा उल्लेख छ ।
यता जिल्लाका एक हजार ३९ क्वारेन्टाईन बेडमा एक हजार ३५ जना रहेकोमा ८ सय ३९ जना डिस्चार्ज भैसकेका छन् । हाल २ सय १० जना क्वारेनटाइनमा रहेको प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मनोज सैनीले जानकारी दिनु भयो ।
प्रतिक्रिया