तुलसीपुर ।
तुलसीपुर उपमहानगरपालिकाले दीर्घरोगीलाई घरमै औषधि र्पुयाउने गरेको छ । नियमित औषधि सेवन गर्नु पर्ने बिरामीलाई लकडाउनमा समस्या नहोस् भनी नगरपालिका आफै बिरामीको घरमै औषधि र्पुयाउन थालेको हो ।
दीर्घरोगीहरुले उपमहानगरपालिकाको टोलफ्री नम्बर १६६०८२५२००० मा सम्पर्क गरेपछि उनीहरुलाई आवश्यक औषधि घरैसम्मै र्पुयाइदिने गरिएको जनस्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक विमले केसीले जानकारी दिए ।
उनले वडावडामा रहेका स्वास्थ्य केन्द्रमार्फत औषधि वितरण गरिने पनि बताए । औषधि आवश्यक भएको मान्छे चिकित्सकले दिएको पर्चा लिएर आफै आउन सक्ने या आवश्यकता अनुसार उसलाई घरमै औषधि र्पुयाउने गरिएको उनको भनाइ छ ।
अन्य दीर्घरोगको औषधि सेवन गरिरहेकाहरुलाई पनि उपमहानगरपालिकाले घरमै औषधि उपलब्ध गराएको छ ।
नेपाल फार्मेसी एसोसियसन दाङ्गका अध्यक्ष सुलभ अधिकारीका अनुसार मानसिक, मुटुजन्य, नशाजन्य, थाइराइडका साथै जटिलखालको मधुमेहलगायतका औषधिहरु घरमै र्पुयाइने गरिएको हो ।
प्रतिक्रिया