८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

पाणिनी घर भई सिमामा अलपत्र परेकी किरियापुत्रीलाई घर ल्याइयो



सन्धिखर्क ।
भारतीय सिमानामा अलपत्र परेका किरियापुत्री र उनका छोरासहित २ जनालाई पाणिनि गाउँपालिकाले उद्दार गरी घर ल्याएको छ ।

लकडाउनका कारण २२ दिनदेखि सुनौली नाकामा रोकिएका पाणिनि गाउँपालिका वडा नम्वर ४ पटौटीको निगाली निवासी धनीश्वर बिकलाई उनका बुबाको मृत्यु भएपछि किरिया गर्न उद्दार गरी ल्याइएको हो ।

उनका बुबा उदयबहादुर बिकको ८ गते राती निधन भएको थियो । बुवाको निधनमा एक्लो छोरा धनीश्वर पनि किरिया बस्न आउन नसकेपछि गाउँपालिकाले नेपाल सरकार र भारतको उत्तर प्रदेस सरकारसँग समन्वय गरेर २ जनालाई उद्दार गरी घरमा लिएर आएको पाणिनि गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले बताए ।

हिन्दु धर्म र सस्कृति अनुसार छोराबिना किरिया बस्न नमिल्ने भएपछि दुई देशका सरकारसँग समन्वय गरेर २ जनालाई घरमा ल्याइएको अध्यक्ष गौतमको भनाइ छ ।

प्रकाशित मिति : ११ बैशाख २०७७ बिहिबार ००:००  ७ : २१ बजे