८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

प्रदेश ५ प्रदेशसभाको पाँचौं अधिवेशन अन्त्य



बुटवल ।
प्रदेश ५ प्रदेशसभाको पाँचौ अधिवेशन बुधबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य भएको छ ।
प्रदेश प्रमुख धर्मनाथ यादवले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेशसभाको अधिवेशन अन्त्य गरेका हुन् । प्रदेशसभा सचिवालयले विज्ञप्ति प्रकाशित गरी अर्को सूचना जारी नभएसम्मका लागि जारी पाँचौं अधिवेशन अन्त्य भएको जनाएको छ ।

प्रदेशसभाका सचिव दुर्लभकुमार पुनमगरले प्रदेशसभा नियमावली २०७४ को नियम ३ को उपनियम ३ बमोजिम अर्को सूचना जारी नभएसम्म प्रदेशसभाको अधिवेशन अन्त्य भएको पत्र प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त भएको बताए ।

प्रदेश सभाको अन्तिम बैठक गत चैत ५ गते बसेको थियो । त्यस बैठकमा चैत १५ गते अर्को बैठक बस्ने सूचना जारी गरिए पनि कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरणका लागि लकडाउन भएपछि सूचना जारी गर्दै बैठक स्थगित भएको थियो ।

प्रकाशित मिति : ११ बैशाख २०७७ बिहिबार ००:००  ७ : १६ बजे