८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

कपिलवस्तु बुद्धभूमि घर भई दाङमा कार्यरत वडा सचिव मृत भेटिए



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तु बुद्धभूमि नगरपालिकामा स्थायी घर भई दाङको एक वडा कार्यालयमा सचिवको जिम्मेवारी सम्हालेका एक व्यक्ति मृत भेटिएका छन् ।

जिल्लाको बुद्धभूमि वडा नं. ४ घर भएका हरिप्रसाद पन्थी दाङमा मृत भेटिएका हुन् ।

पन्थी दाङको बबई गाउँपालिका वडा नं. १ गंगटेका वडा सचिवको रुपमा कार्यरत थिए ।

पन्थी कार्यालयमै झुण्डिएको अवस्थामा भेटिएको दाङ जिल्ला प्रहरी प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए ।

भट्टराईका अनुसार वडा सचिव पन्थी बिहीबार बिहान ८ बजेतिर झुन्डिएको भनिए पनि प्रहरीले दुई घन्टापछि जानकारी पाएको थियो ।

पन्थीले दुई महिना अगाडि मात्रै वडा सचिवमा नाम निकालेको खुल्न आएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए ।

सचिवमा नाम निकालेपछि पन्थी गंगटेमा पोष्टिङ भएका थिए । उनी वडा कार्यालयमै बस्दै आएका थिए ।

प्रकाशित मिति : ११ बैशाख २०७७ बिहिबार ००:००  ६ : ४८ बजे