८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

थप दुई जना कोरोना सङ्क्रमित उपचारपछि घर फर्किए



काठमाडौं ।
कोरोना सङ्क्रमित थप दुईजना उपचारपछि निको भएका छन् । काठमाडौंको पेप्सीकोलाको सनसीटी अपार्टमेन्टमा बस्दै आएका दुईजना कोरोना सङ्क्रमित निको भएका हुन् ।

गएको वैशाख २ गते ललितपुरको पाटन अस्पतालमा भर्ना भएका एकै परिवारका ५८ वर्षका पुरुष र ८१ वर्षकी महिला उपचारपछि निको भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

उनीहरु गएको चैत ५ गते लण्डनबाट फर्किएका थिए । योसँगै कोरोना सङ्क्रमित ४७ जनामध्ये उपचारपछि निको हुनेको सङ्ख्या ९ पुगेको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७७ बिहिबार ००:००  ५ : २२ बजे