एजेन्सी ।
इटालियन सिरी ए फुटबल क्लब युभेन्टसका खेलाडीहरु र प्रशिक्षक पारिश्रमिक कटौति गर्न सहमत भएका छन् ।
कोरोना भाइरसको महामारीका कारण फुटबल गतिविधि रोकिँदा क्लबलाई परेको आर्थिक भार कम गर्नका लागि खेलाडी तथा प्रशिक्षक माउरिजिओ सारी चार महिनाको पारिश्रमिक नलिन सहमत भएका हुन् ।
खेलाडी तथा प्रशिक्षकले यो अवधिको पारिश्रमिक नलिँदा युभेन्टसलाई ९० मिलियन युरो बराबरको आर्थिक बोझ हलुका हुने जनाइएको छ । इटालीमा सबै खेलकुद गतिविधिहरु कम्तिमा अप्रिल ३ सम्मका लागि स्थगित गरिएका छन् ।
क्रिष्टियानो रोनाल्डो, आरोन रामसी, पाउलो डिबालासहितका स्टार खेलाडी रहेको युभेन्टसका खेलाडीले मार्च, अप्रिल, मे र जुनको पारिश्रमिक पाउने छैनन् । युभेन्टस अहिले सिरी ए फुटबलको शीर्ष स्थानमा छ । उ लाजिओ भन्दा एक अंकले अघि रहेको छ ।
प्रतिक्रिया