८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

शिवराजको क्वारेनटाइनमा ११ जना पुगे, इन्टरनेटको सुविधा प्रदान



दिपक खड्का, चन्द्रौटा ।
कपिलवस्तुको शिवराज नगरपालिकाले निर्माण गरेको क्वारेनटाइनमा ११ जना पुगेका छन् । शुक्रबारसम्म ९ जना रहेपनि शनिबार थप दुई जना थपिएर ११ पुगेका हुन् ।
भारतसंगै तेस्रो मुलुकबाट आएका व्यक्तिहरु अनिवार्य १४ दिन क्वारेनटाइनमा बस्नुपर्ने भएकाले उनीहरुलाई क्वारेनटाइनमा राखिएको नगरपलिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले जानकारी दिनुभयो ।
उनीहरुको अवस्था सामान्य रहेको छ भने विदेशबाट फर्किएकाको खोजी गरी क्वारेनटाइनमा राख्ने तयारी भैरहेको उहाँले बताउनुभयो ।
क्वारेनटाइनमा रहेका उनीहरुलाई खानाबस्नको राम्रो सुविधा छ भने इन्टरनेट पनि उपलब्ध गराइएको । विहान चियानास्ता, लगत्तै खाना, दिउँसो खाजा र साँझको खाना नगरपालिकाले उपलब्ध गराउदै आएको छ ।
क्वारेनटाइनमा प्रत्येक आठ घण्टा डियुटी रहने गरी दुई दुई जना स्वास्थ्यकर्मीलाई खटाइएको छ भने सुरक्षाकर्मीले २४ सै पनि सुरक्षा प्रदान गरिरहेका छन ।

उता शिवराज ५ का युवाहरूले आफनो गाउँ टोल सफा राख्ने अभियान स्वरुप किटनाशक औषधि छर्ने काम गरेका छन । वडाका प्रत्येक टोलमा कोरोना भाइरसको संक्रमण अन्त्यका लागि किटनाशक औषधि छर्केका हुन् ।

प्रकाशित मिति : १६ चैत्र २०७६ आइतबार ००:००  ६ : १९ बजे