मायादेवी अनलाइन, विजयनगर ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा त्रिपालनगर गाउँ समाज मूल समितिद्धारा खाद्यान्न वितरण गरिएको छ । गाउँपालिकाको वडा नं. ४ मा रहेका अति विपन्न २२ घर परिवालाई शनिवार वितरण गरिएको हो ।
अहिले विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणको जोखिम भएकोले सरकारले लगाएको ‘लक डाउन’लाई मध्यनजर गर्दैै खाद्यान्नको समस्यामा परेका असहाय, बृद्धबृद्धा र काम गरेर खाना नसक्ने घरपविारलाई प्रति घरलाई १० किलो चामल, दाल, नुन, तेल र लगायत राहत वितरण गरिएको गाउँ समाज मूल समितिका अध्यक्ष सुर्य बहादुर विश्वकर्माले जानकारी दिनु भएको छ ।
यो संकटको परिस्थितिमा गाउँ समाज समितिले राहत स्वरुप खाद्यान्न वितरण गरी सराहनीय कार्य गरेको भन्दै विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले धन्यवाद दिनु भएको थियो ।
गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाको उपस्थितिमा गाउँ समाज समितिले रेशम सोमै मगर, शेर बहादुर तरामू, लगायत समाजका अगुवाहरुको रोहवरमा वितरण गरिएको थियो भने टंक बहादुर सुनारले सहजीकरण गर्नुभएको थियो ।
१५ चैत्र २०७६ शनिबार ००:००
6
Shares
प्रतिक्रिया