मायादेवी अनलाइन, जितपुर ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) नियन्त्रणका लागि अहिले मूलुक लकडाउनमा छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको उच्च जोखिममा राखेसंगै नेपालले विभिन्न सावधानी अपनाएको छ ।
सरकारले बाहिरी देशबाट आउने जो कोहीको पनि स्वास्थ्य परिक्षण गरी १४ दिन क्वारेन्टाइनमा राखेको छ । यस्तै विभिन्न गाउँ तथा टोलहरुले पनि कोरोना भित्रन सक्ने सम्भावित जोखिमलाई मध्यनजर राख्दै गाउटोल प्रवेशमा रोक लगाएका छन् ।
यस्तै कपिलवस्तुको वाणगंगा ११ ओदारी सिद्धार्थ टोलमा पनि अपरिचित ब्यक्तिलाई प्रवेशमा रोक लगाइएको छ । कोरोना भित्रन सक्ने भन्दै अपरिचित ब्यक्तिलाई रोक लगाएको स्थानीय सन्तोष रेग्मीले जनाए ।
प्रतिक्रिया