काठमाडौं ।
सरकारले लकडाउनको बेला दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन पसल खोल्ने समय तोक्ने भएको छ । नागरिक आवश्यक दैनिक उपभोग्य वस्तु उपलब्ध चामल, दाल, तेल, दुध, पानी, तरकारी लगायतका अति आवश्यक सामान उपलब्ध गराउन दिनमा २ पटक पसल खोल्न दिने भएको छ ।
दैनिक उपभोग्य वस्तु मागलाई मध्यनजर गदै दिनमा ६ घण्टा पसल खोल्न दिने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बताएका छन् ।
लकडाउनको बेला पनि दैनिक उपभोग्य वस्तु बेच्ने किराना तथा तरकारी पसल र डेरी बिहान ७ देखि ९ बजे र दिउँसो ३ देखि साँझ ७ बजेसम्म खोल्न दिने मन्त्री भट्टले जानकारी दिए ।
तर, पसलमा सामान किनबेच गर्दा भिड्भाड गर्न नदिने र सवारी साधनलाई जिल्ला प्रशासन कार्यालयको पास बिना आवतजावतमा रोक लगाइएको उनको भनाइ छ ।
खाद्यान्न, तरकारी, दुध र पानी बोक्ने गाडी लकडाउनको बेलामा पनि गुड्न दिएको र अब निरन्तर दिने मन्त्री भट्टले बताए ।
१५ चैत्र २०७६ शनिबार ००:००
20
Shares
प्रतिक्रिया