डोटी ।
कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणको आशङ्कामा जिल्ला अस्पताल डोटीको आइसोलेशन कक्षमा भर्ना गरिएका दिपायल सिलगढी नगरपालिका—७ रातुलीका १९ वर्षीय तिलक भण्डारीलाई अस्पतालले डिस्चार्ज गरेको छ ।
छिमेकी मुलुक भारतको तेलङ्गना राज्यमा काम गर्दै आएका ती युवक केही हप्ता पहिले आफनो जन्मथलो डोटी आएका थिए । तेलङ्गनामा कोभिड–१९ को सङ्क्रमणका बिरामी फेलापरेपछि उनलाई पनि रुघाखोकी र ज्वरोको लक्षण भेटिएकाले कोरोना भएको हुनसक्ने भन्दै जिल्ला प्रहरी कार्यालय डोटीको सहयोगमा गत मङ्गलबार जिल्ला अस्पतालको आइसोलेशन श्ययामा भर्ना गरिएको थियो ।
आइसोलेसन श्ययामा भर्ना गरिएसँगै उनको घाँटी र नाकको स्वाब परीक्षणका लागि जिल्ला अस्पताल डोटीले बुधबार टेकु अस्पताल काठमाडौंमा पठाएको थियो ।
स्वाब परीक्षणपछि टेकु अस्पतालले कोरोना सङ्क्रमण नभएको पुष्टि गरेपछि उनलाई शनिबार घर पठाइएको जिल्ला अस्पताल डोटीका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा ज्योती पाण्डेले बताए ।
१५ चैत्र २०७६ शनिबार ००:००
0
Shares
प्रतिक्रिया