मायादेवी अनलाइन, शीतगंगा ।
‘लक डाउन’को समिक्षा बैठक शीतगंगा नगरपालिकामा बसेको छ । बैठकले बजार अनुगमन पछि स्टक कम हुँदा अभाव हुनसक्ने भन्दै खाना पकाउने ग्यास आपूर्ती गर्नेमा पहल गर्ने निर्णय गरेको छ ।
आवश्यक सहयोग गर्न नगरपालिका तयार रहेकोले शीतगंगा उद्योग बाणिज्य संघलाई अभाव नहुने गरी काम गर्न निर्देशन दिएको नगर प्रमुख सूर्य प्रसाद अधिकारीले जानुभयो ।
अहिलेसम्म ‘लक डाउन’ उल्लङ्घनका घटना खासै नआएको र आगामी दिनमा कमजोरी भएमा कडाई पूर्वक लागू गर्ने निर्णय गरेको छ । साथै नगरपालिकाका सबै स्वास्थ संस्थामा हुन सक्ने औषधी अभाव रोक्न आवस्यक सामग्री उपलब्ध गराउने निणय गरेको छ ।
उप-प्रमुख टिका रेश्मीको नेत्तृत्वमा अनुगमन कडाई गर्न सेना तथा प्रहरी अनुगमन टिममा निरन्तरता दिने निणर्य भएको छ ।
प्रतिक्रिया