अजय मिश्र, कृष्णनगर ।
कृष्णनगर नगरपालिकाको वडा नं. ३ मा शनिवार निःशुल्क मास्क वितरण गरिएको छ । वडा नं. ३ का वडाध्यक्ष सगीर अहमद खाँ र महिला वडा सदस्यहरुको संयुक्त टोलीले घरघरमा पुगेर मास्क वितरण गरेका हुन् ।
विश्वभरी महामारीको रुप लिई फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणको जोखिमबाट बच्न, रोकथाम र नियन्त्रण बारे सचेतना दिँदै गाउँ–गाउँमै पसेर मास्क वितरण गरेको वडाध्यक्ष खाँले बताए ।
उनले कोरोना भाइरसको सङ्क्रमणबाट आफु बचौँ, अरुलाई पनि बचाऔँ भन्दै घरमै बस्न अनुरोध समेत गरेका छन् । यस संकटको बेला अनावश्यक रुपमा बाहिर नहिड्न र घरमै बसी आफु बाँच्नु र अरुलाई बचाउँनु भएको उनले जनाए ।
कोरोना भाइरस फैलिन नदिन सरकारले लगाएको लकडाउन धेरै राम्रो रहेको बताउँदै सबैले यसको पालना गर्नु अत्यावश्यक भएको वडाध्यक्ष खाँले बताए । सबै गाउँ, टोलमा सरसफाई गरि चूना, किटनाशक औषधि छर्कने काम भएको छ । उनले अति विपन्न परिवारलाई खाद्यान्न समस्या परेको खण्डमा सम्पूर्ण खाद्यवस्तुसमेत उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन ।
१५ चैत्र २०७६ शनिबार ००:००
0
Shares
प्रतिक्रिया