८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

कोरोनाको कारण देखाई भलवाडका व्यवसायीले गराए ग्यासको अभाव



बाबुराम रायमाझी, जितपुर ।
नोवेल कोरोना भाइरसको कारण मुलुक ‘लक डाउन’ भएको बेला कपिलवस्तु वाणगंगा-९ भलवाडका ग्यास व्यवसायीले ग्यासको कृत्रिम अभाव सिर्जना गरेका छन ।
चीनको बुहान शहरबाट फैलिएको कोरोना भाइरस (कोभिड) को संक्रमण फैलिन नदिन शंकास्पद व्यक्तिहरुको निगरानी र उपचारको व्यवस्था गर्न नेपाल सरकारले मंगलबारदेखि मुलुकभर ‘लक डाउन’ गरेको बेला व्यवसायी कालोबजारी गर्न उद्धत भएका हुन ।
जनताहरुलाई चाहिने अत्यावश्यक उपभोक्ताहरुलाई चाहिने उपभोग्य बस्तुहरुको व्यापारीहरुले कोरोना भाइरसको कारण देखाइ भलवाडमा एल पि ग्यासको चरम अभाव गराएका छन ।
ग्यास अभावमा छटपटाएका भलवाडबासीले डिलरसंग सोध्दा बजारमै ग्यास नभएको बताउँदै दिन नचाहेको पाइएको छ । आफु कहाँ ग्यास अभाव रहेको बिक्रेता विष्णु अधिकारीले बताए ।
उता कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ पौडेलसंग बुझ्दा ग्यासको अभावको उद्योग वाणिज्य संघले यथार्थ बुझि सरोकारवालासंग समन्वय गरी उपभोक्ताहरुलाई सहज रुपमा उपलब्ध गराउने विश्वास व्यक्त गरेका छन । यो बेला कालोबजारी बढ्ने हुँदा नगरबाट अनुगमन हुनुपर्नेमा नगरबासीले माग गर्दै आएका छन ।

प्रकाशित मिति : १५ चैत्र २०७६ शनिबार ००:००  १ : ४९ बजे